BREAKING NEWS

Monday, March 21, 2016

लेखनाथको शिवेश्वर मन्दिरमा नयाँ कार्यसमिति चयन


भीमपाणि बराल
लेखनाथ,८चैत।
लेखनाथ नगरपालिका वडा नं १मा रहेको शिवेश्वर मन्दिरको विशेष साधारण सभाले आगामी कार्यकालका लागि देबमणि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा गोमा अधिकारी,सचिवमा रामजी पौडेल र कोषाध्यक्षमा दुर्गा भण्डारी रहेकी छन् भने सदस्यहरुमा खेमलाल भण्डारी,ईश्वरी भण्डारी क,जमुना पौडेल रहेकी छन्।
यसै गरि सोही भेलाले सल्लाकार समितिमा रामहरि भण्डारी,चतुरभुज पौडेल,सोमनाथ पौडेल,वालकृष्ण आचार्य र चिन्तामणि दाहाल रहेका छन् भने समिति संरक्षकमा निर्वतमान अध्यक्ष हिरामणि भण्डारीलाई चयन गरिएको छ।
समितिका अध्यक्ष हिरामणि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,स्थानीय सोमनाथ पोडेल,चतुर्भुज पौडेल,गोमा आचार्य,जमुना पौडेल,रामहरि भण्डारी,माहादेव गिरी,झपिन्द्रराज आचार्य र विन्दु भण्डारी लगाएतले बोलेका थिए।
सस्थाका सदस्य देवमणि भण्डारीले स्वागत मन्तव्य राखेका सो कार्यक्रमको संचालन शिवमणि भण्डारीले गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .