BREAKING NEWS

Friday, March 11, 2016

लेखनाथको बेगनासमा महिला कानुनी परामर्श

लेखनाथ,२७फागुन।
१०६र्औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर लेखनाथ नगरपालिकाको वडा नं १० बेगनासमा दुई दिने महिला हिंसा विरुद्धको कानुनी परामर्श तालिम सम्पन्न भएको छ।
तालिमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारीले महिला अधिकारलाई सुनिश्चित गर्दै महिलाहरुलाई कानुनी अधिकारका बारेमा जानकारी हुनु पर्नेमा जोड दिएका थिए।

वडा स्तरिय महिला उपभोत्ता तथा समोन्वय समितिका अध्यक्ष सरिता ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा अधिबक्ता माधव पाण्डे र भुवन पराजुलीले सहजिकरण गरेको सो कार्यक्रममा राजनितीक दलका प्रतिनिधीहरुको तर्फबाट ध्रुवराज अधिकारी,गणेश बहादुर थापा,वडा नागरिक मञ्चका संयोजक रुद्रनाथ अधिकारी,आनन्द ज्योती उच्च माविका साहायक प्राचार्य शिवराज अधिकारी र समोन्वय समितिका सचिव नारयाणी पौडेल लगाएतले तालिमको उदेश्य र उपयोगीताका बारेमा जानकारी गराएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .