BREAKING NEWS

Tuesday, March 15, 2016

क्षत्रशक्ति सहकारीको अध्यन अबलोक भ्रमण


भीमपाणि बराल
लेखनाथ,२चैत।
सहकारी सहकारी विचमा आपसी मित्रता वढाउने र एक आर्कामा अनुभव साटासाट गराउने उदेस्यले कास्कीको लेखनाथमा रहेको क्षत्रशत्ति बचत तथा ऋण सहकारी सस्थाले नेपालको पुर्वी क्षेत्रमा रहेका सहकारीहरुको अध्यन अवलोकन भ्रमण सम्पन्न गरेको छ।
आफना सेयर सदस्यहरुको क्षमता अभिबृद्धि र वहिरी वातावरणका बारेमा जानकारी गराउदै ब्यवसायिक बनाउने उदेश्यले राखिएको पाँच दिन अध्यन अवलोक भ्रमण गरिएको हो।
७०सदस्यीय भ्रमण टोलीले ईलाममा रहेका चिया उत्पादन सहकारी,दुग्ध उत्पादन सहकारी र अन्य कृर्षि उत्पादन सहाकारीहरुका पदाधिकारीहरुसंग अन्तरक्रिया गरि एक आपसमा अनुभब साटासाट गरिएका थिए।
क्षत्रशत्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ईन्द्रबहादुर थापाको नेतृत्वमा निश्किएको टोलीले छिमेकी मुलक भारतको दर्जलिङ र सिकिम हुदै छङगु लेकको समेत अवलोक गरेको सस्थका पबन्धक सरोज कुवँरले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .