BREAKING NEWS

Monday, March 7, 2016

साना किसान कृषि सहकारीका पदाधिकारीको पदस्थापन

लेखनाथ,२३फागुन।
कास्कीको लेखनाथमा रहेको साना किसान कृषि सहकारी सस्था बेगनासको १६औं बार्षिक साधारण सभा तथा सातौं अधिबेसनबाट चुनियका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सफत ग्रहण गराईएको छ।
निर्बाचन समितिका संयोजक राममणि अधिकारीले नव निर्बाचित अध्यक्ष भोला तिवारलाई पद तथा गोपनियताको सफत गराएका थिए भने अध्यक्ष तिवारीले अन्य पदाधिकारी र लेखा समितिका पदाधिकारीहरुलाई सफत गराएका हुन्।
गत फागुन १५गते भएको निर्बाचनबाट आगामी तिन बर्षका लागि उपाध्यक्ष पदमा भरतराज तिवारी र सदस्यहरुमा हरिदेवि अधिकारीे,भरतप्रसाद तिवार,सुरेन्द्रबावु तिवारी,सावित्र भण्डारी,विशेश्वर कडेल,पदमराज लामिछाने,रामबहादुर थापा,टिकाप्रसाद खनाल र बबिता सुवेदी विजयी भएका थिए।
यसै गरि लेखा समितिको संयोजकमा रविन्द्र अधिकारी र सदस्यहरुमा टंकप्रसाद लामिछाने र मोहन तिवारी सर्वसम्वत रुपमा चयन भएका थिए।
निर्बाचन समितिको संयोजक राममणि अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा विश्वविद्यालय मानविकी संकायका डिन प्रध्यापक डाक्टर ईन्द्रप्रसाद तिवारी,नव निर्वाचित अध्यक्ष भोला तिवारी र सस्थाका प्रबन्धक पदमबहादुर राई लगाएतले निर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै सफल कार्यकाललको सुभ कामना दिएका थिए।
निर्वाचन समितिका सदस्य सोमलाल तिवारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सदस्य मितृलाल लामिछानेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .