BREAKING NEWS

Saturday, March 12, 2016

लेखनाथ १८मा पर्यटन विकासका लागि होमस्टे


लेखनाथ,११फागुन।
लेखनाथ नगरपालिकामा गाभिएको साविकको भरतपोखरी गाविसकोमा होमस्टे सचालनका लागि स्थानीयबासीहरुले पहल गरेका छन्।समग्र पोखरा उपत्यका कै पर्यटन विकासका लागि भरतपोखरीको पाण्डे थुम र हुडिकोट, कोट भैरवमा होमस्टे संचालनको तयारीमा यहाँका स्थानीयवासीहरु अगाडी सरेका हुन्।
सात तालको बाटिका सहर लेखनाथको निसानी भरतपोखरी प्रमुख गन्तव्य पर्यटन प्रवधन हाम्रो अभियान भन्ने मुल नाराका साथ ग्लोवल पिस फाउण्डेसनको आयोजनामा सात दिने होमस्टे तालिम संचालन गरी भरत पोखरीमा आन्तरिक तथा बाह्य पर्यटनमा जोड दिईएको हो।

पर्यटन बिकासका लागि भरतपोखरीमा पिकनिक स्पोट,पार्किङ स्थल र पार्कहरु निर्माण गर्ने सके यस क्षेत्रमा पर्यटनलाई आकर्षक गर्न सकिनेमा सहभागीहरुले जोड दिएका  छन्।  
भरतपोखरीको पाण्डे थुम कोट भैरव र हुडिकोटबाट पोखरा र लेखनाथ नगर क्षेत्रका सम्पुर्ण ठाउहरु एवंम हिमाली श्रृङखला र सेती नदीलाई स्पष्टसंग अबलोकन गर्न सकिन्ेछ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .