BREAKING NEWS

Saturday, March 12, 2016

लेखनाथमा मैत्रीपुर्ण छात्रा फुटबल


लेखनाथ,२९फागुन।
विद्यार्थीहरुलाई पढाईको साथमा खेलको क्षेत्रबाट पनि अगाडी वढाउने उदेस्यले सनिवार लेखनाथमा अन्तर विद्यालय छात्रा मैत्रिपुर्ण फुटवल प्रतियोगीता सम्पन्न भएको छ।
विभिन्न विद्यालयलमा अध्यनरत विद्यार्थीहरुका बिच मित्रताको भावना सृजना गराउने उदेस्यले राखिएको कार्यक्रममा शिद्धिविनायक बोडिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ भने होली माउण्ट बोडिङ स्कुलले दोस्रो जनप्रकाश उच्च माविले तेस्रो र न्युलाईट उच्च माविले सान्त्वना स्थान हासिल गरेका थिए।
नारी दिवसको अवसर पारेर जेनेरेसन एमेजीङ मर्सीकोर नेपालको आयोजना र आदर्श युवा क्लबको संयोजनमा भएको उत्त सेभेन ए साईड फुटवल प्रतियोगीताका विजयी टिमलाई शिद्धिविनायक बोडिङ स्कुलका सस्थापक निर्देशक ज्ञानेन्द्रमोहन भटराई,प्रशिक्षक सञ्जिव गुरुङ,विश्वास गुरुङ,आदर्श युवा क्लवका सन्तोष गुरुङ, शिद्धिविनायक बोडिङ स्कुलकी प्रथामिक ईन्चार्ज सुमित्रा भटराई र होली माउण्ट बोडिङ स्कुलकी शिक्षिका सरिता कोईरालाले संयुत्त रुपमा पुरस्कार वितरण गरेका थिए।
यसै विच उत्त अवसरमा खेलकुदका विषयमा केन्द्रित रहेर राखिएको हाजिरी जवाफ प्रतियोगितामा शिद्धिविनायक बोडिङ स्कुलको समुह विजयी भएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .