BREAKING NEWS

Monday, March 21, 2016

जनप्रकास उच्च माविमा विद्यार्थी विदाई


भीमपाणि बराल
लेखनाथ,८चैत।
लेखनाथको भण्डारढिकमा रहेको जनप्रकाश उच्च मावि कक्षा ११मा अध्यनरत विद्यार्थीहरुले कक्षा १२का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विदाई गरेका छन्।
विविध सास्कृतीक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा बोल्दै जनप्रकाश उच्च माविका प्राचार्य शिवमणि भण्डारीले कितावी ज्ञानको साथमा सतचरित्र निमार्ण गरि समयानुकुलको शिक्षा आर्जन गरि उज्ज्वल भविश्य निर्माण गर्नु पर्ने सुझाव दिएका थिए।
कक्षा ११का आशिष पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा उच्च माविका संयोजक मनोज पौडेल,शिक्षक प्रतिनिधी अर्जन ओझा,रामजी वंजरा,डिल्लीराम पौडेल र विद्यार्थी रोजनी गुरुङ लगाएतले आ आफनो धारणा राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .