BREAKING NEWS

Tuesday, March 15, 2016

अकस्मात् शिक्षा मन्त्री पोखरा विश्वविद्यालयमा

पोखरा विश्वविद्यालयको गतिवीधीको वारेमा वोल्दै माननिय शिक्षामन्त्री गिरिराजमणी पोखरेल । तस्विर सन्दिप पौडेल

लेखनाथ २ फागुन
माननीय शिक्षा मन्त्री गिरीराज मणी पोखरेलले अवको युगमा विश्वविद्यालय परिवर्तनका संवाहक रहेको जानकारी दिएका छन् । अकस्मात् रुपमा पोखरा विश्वविद्यालयको निरिक्षणमा आएका मन्त्री पोखरेलले अवको ५० वर्ष पछाडी नेपाल कस्तो वन्ने भन्ने विश्वद्यिलयको गतिविधीमा भर पर्ने उनले वताए । विश्वविद्यालयको दिछान्त समारोह नजिकिँदै गर्दा गरीएको भ्रमणले सोही दिन केही महत्वपुर्ण निर्ण गरीने धेरैको आँकलन गरेका छन् । स्थानिय नेता, कर्मचारी, पदाधिकारी, पत्रकार लगायत स्थानियको उपस्थीती रहेको सो कार्यक्रमलाई सम्वोधन गर्दै उनले शैक्षिक नियमहरु २०४०  पछाडी संसोधन नभएकोले त्यसलाई परिवर्तन गर्न त्यसवारे जानकारी लिन अकस्मात् आएको उल्लेख गरे ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपती डा चिरञ्जीवी शर्माले विश्वविद्यालय देशमा धेरै तालावन्दी भईरहनेमा चर्चा पाएकोले त्यसलाई चिर्न सरकार देखी स्थानियवासी सम्मको सहयोग आवश्यक रहेको जानकारी दिए । उपकुलपती डा शर्मा सभापतीत्वमा भएको कार्यक्रम रजिष्टार गोविन्द शर्माले सञ्चालन गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .