BREAKING NEWS

Friday, March 4, 2016

डायमण्ड उच्च माविमा बाल प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

लेखनाथ ,२१फागुन।

डायमण्ड उच्च मावि लेखनाथको २८ औ“ वार्षिकोत्सवको सन्दर्भमा विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले शुक्रबार बाल प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायनका साथै विविध अभिनय कला प्रस्तुत गरेका थिए । 
सो कार्यक्रममा नेपालकै चर्चित व्यान्ड डी मर्चाले पनि गीतहरू प्रस्तुत गरेको थियो । विद्यालयका निर्देशक समितिका अध्यक्ष एवं विद्यालय निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्राचार्य यामबहादुर रोकाले कार्यक्रमको सन्दर्भ माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नृत्यतर्फ १७, गायनतर्फ १३, अभिनयतर्फ ३ जना विद्यार्थीहरूले  सहभागी थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षिका सविता भण्डारी र अन्नु गुरुङले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .