BREAKING NEWS

Saturday, March 19, 2016

बेगनास फिस फेस्टिभलबारे छलफल कार्यक्रम सम्पन्न



राजन परियार,
लेखनाथ, चैत्र ६।
लेखनाथको सात ताल मध्ये प्रमुख सुन्दर ताल बेगनासतालमा २०७१ मा सम्पन्न भएको प्रथम बेगनास फिस फेस्टिभलको दोस्रो संस्करण पनि लेखनाथ होटेल एसोसिएसनले २०७३ वैशाख १७,१८ र १९ गते अझ थप परिमार्जन र उत्साहका साथ आयोजना गर्ने बेगनास युवा क्लबमा गरिएको एक कार्यक्रमका बीच उल्लेख गरेको छ। कार्यक्रममा बेगनास फिस फेस्टिभल तथा हिमालयन रसको आयोजनामा गरिने पाचौ ट्राय्थलन च्याम्पियन २०१६को निरन्तरताका लागि पनि विभिन्न संघ संस्था, आमा समूह, सुरक्षा निकाय, स्थानीयवासी संगा सल्लाह तथा छलफल गरिएको थियो। बेगनासताल लगायत लेखनाथमा पर्यटकहरू आउने भएकोले सम्पूर्ण लेखनाथवासीको पूर्ण समर्थन तथा सबै लागि परे लेखनाथको थप प्रवर्धनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग मिल्ने देखिन्छ।

यस वर्ष फेस्टिभलमा Angling र मत्स्य अनुसन्धान केन्द्रको माछा तथा भुराको अवलोकन पनि समेटिने कार्यक्रममा लेखनाथ होटेल एसोसिएसनका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद अधिकारीले जनाउनुभयो। कार्यक्रमका लागि लेखनाथ होटल एसोसिएसनका अध्यक्ष दामोदरप भक्त थापाको अध्यक्षतामा मूल संयोजन समिति गठन गरिने बताइएको छ।लेखनाथ होटेल एसोसिएसनका अध्यक्षको सभापतित्वमा गरिएको उक्त कार्यक्रम संचालन सचिव बिरभद्र कंडेलले गरेका थिए।



Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .