BREAKING NEWS

Monday, March 21, 2016

अर्चना पनेरु पोखरामा पक्राउ


चैत्र-८,पोखरा ।
पोर्नस्टार बनेरै छाड्ने उद्देश्यका साथ कला क्षेत्रमा लागिरहेकी किशोरी अर्चना पनेरुलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको हो ।उनीसहित शुटिङ भइरहेको फिल्म ‘जिस्म’को युनिटलाई पोखरामा प्रहरीले समातेको हो । निर्माण ईजाजत बिना नै छायाँकनमा गएको भन्दै उनीहरु सबैलाई पक्राउ गरिएको हो ।चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै पोखरामा सुटिङको क्रममा रहेको राजु गिरी निर्देशित फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्देशक गिरीसहित लिड कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरुसहितको सम्पूर्ण युनिटलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ ।पोर्नस्टारको अभ्यासमा नग्न फोटो सार्वजनिक गरेको भन्दै यसअघि कञ्चनपुर प्रहरीले अर्चनालाई नियन्त्रणमा लिएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .