BREAKING NEWS

Thursday, March 31, 2016

एसएलसी परीक्षाको पहिलो दिन कास्कीमा १० हजार चार सय ६१ परीक्षार्थी सहभागि।

कास्की, चैत्र १८
जिल्ला शिक्षा कार्यालयका अनुसार पहिलो दिनको अनिवार्य अंग्रजी विषयको परीक्षामा नियमित र आंशिक तर्फका १९१ विद्यार्थी अनुपस्थित भएका हुन् ।
कार्यालयका परीक्षा शाखा नियमित तर्फ ४६ र ४८ छात्रा गरी ९४ विद्यार्थी अनुपस्थित भए । त्यस्तै आंशिक तर्फ ३१ छात्र र ६६ छात्रा गरी ९७ जना उपस्थित भएनन् ।

पहिलो दिनको परिक्षामा नियमित तर्फ पाँच हजार तीन सय २९ छात्र र पाँच हजार एक सय ३२ छात्रा गरी १० हजार चार सय ६१ परीक्षार्थी सहभागि भए । त्यस्तै आंशिक तर्फ तीन सय ९७ छात्र र सात सय ३३ छात्रा गरी एक हजार एक सय ३० परीक्षार्थीले सहभागिता जनाए । कास्कीका ३० परीक्षा केन्द्र तथा कारागार र वाल सुधार गृह गरी दुई उपकेन्द्रबाट पहिलो दिन ११ हजार पाँच सय ९१ परीक्षार्थीले परीक्षा दिएका छन् ।
जनप्रकाश उच्च मावि भण्डारढिक केन्द्रबाट दुई दिनकी सुत्केरीले परीक्षा दिएकी छिन् । मंगलवार सुत्केरी भएकी रामकोट उच्च माविकी मुना न्यौपाने परीक्षामा सहभागी भएकी हुन् । उनलाई विशेष कोठाको व्यवस्था गरिएको छ।त्यस्तै विश्व शान्ति देउराली परीक्षा केन्द्रमा एक किरियापुत्रीले परीक्षा दिन सुरु गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षामा दृष्टिविहिन ११, सुस्त श्रवण १२ , वाल सुधार गृहमा रहेका १२ र कारागारमा रहेका ३ जना परीक्षार्थी पनि सहभागी छन् । कास्कीमा ३० वटा केन्द्रको लागि ३० जना केन्द्राध्यक्ष, ५५ जना सहायक केन्द्राध्यक्ष , निरिक्षक ५ सय ६५, सहयोगी २ सय ५५ र सुरक्षाकर्मी २ सय १० जना खटिएका छन् । दोस्रो दिन भोलि अनिवार्य गणित विषयको परीक्षा हुनेछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .