BREAKING NEWS

Wednesday, March 30, 2016

वरिष्ठ संगितकार अम्बर गुरुङ दुई महिनाको उपचारपछि स्वदेश फर्किए



काठमाडौं १७ चैत्र । भारतमा उपचाररत वरिष्ठ संगितकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि बुधबार स्वदेश फर्किएका छन् ।जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका संगितकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किएका हुन् ।
उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए। सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पाचन प्रणाली र नसालगायतका रोगबाट पीडित थिए ।
मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य सुधार आएको छ। उनले विमनस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘मलाई पूर्ण रुपमा सन्चो भएसकेको छैन । तर पहिलेको भन्दा धेरै नै सुधार आएको छ ।’ सरकारले उपचारमा सहयोग गरेकोमा धन्यवाद दिँदै उनले भने, ‘ थप उपचार सहयोगको लागि सरकारी तबरबाट घरमै नर्सको सुविधा मिलाइदिए हुने थियो ।’
उनले फलोअप जाँचको लागि बेलाबेलामा मेदान्त गइराख्नुपर्ने बताए । स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उनीद्वारा संगितबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गाएका थिए । उनलाई पञ्चकन्याले माला र खादा लगाइदिएका थिए ।
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .