BREAKING NEWS

Saturday, March 12, 2016

गण्डकी मेडिकल कलेजको आठौ बार्षिकोत्सव सम्पन्न


विष्णुहरि पौडेल
लेखनाथ,२८फागुन।
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले सुक्रबार आफनो आठौ बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम लेखनाथ स्थित कलेजमा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै त्रिभुबन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन सस्थानका डीन विमल कुमार सिन्हाले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन पश्चात मानविय सेवामा लाग्न प्रेरित गर्दै अध्ययनलाई निरन्तरता दिईरहनका लागि आग्रह गरेका थिए।
कार्यक्रममा त्रिभुबन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन सस्थानका सहायक डीन सरदराज वन्तले अभिभावकको लगानीलाई सुनिश्चित गर्नको लागि अभ्यासको महत्व रहेको विचार राख्दै देश र जनताको श्वास्थ्यका समस्यामा ध्यान दिन विद्यार्थीहरुलाई प्रेरित गरेका थिए।
विविध सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समेत गरिएको उत्त कार्यक्रम कलेजका अध्यक्ष खुमा प्रसाद अर्यालको अध्यक्षतामा भएको थियो।
कलेजका कार्यकारी निर्देशक सन्तोष खनालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा धन्यवाद ज्ञापन निर्देशक रमेश शर्माले गरेका थिए।
विभिन्न बिधामा विद्यार्थी,कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका मेडिकल सुपरीटेण्डेण्ट श्रीकृष्ण श्रेष्ठ र नेशनल कलेज विरगंजका निर्देशक बसुदिन अन्सारी लगाएतले आ आफनो धारणा राखेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .