BREAKING NEWS

Saturday, March 12, 2016

भुपु खानेपानी लेखनाथको दोस्रो साधारण सभा सम्पन्न


लेखनाथ,२९फागुन।
लेखनाथ नगरपालिका वडा नं १ र १२का उपभोत्ताहरुलाई खानेपानीको सुविधा उपलब्ध गराउदै आएको भुपु खानेपानी तथा सरसफाई सस्था लेखनाथको दोस्रो साधारण सभा सनिवार सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै भारतिय पेन्सन क्याम्प सैनिक बोर्ड कास्कीका सुवेदार मेजर हरिवहादुर क्षेत्रीले शरीर स्वस्थ राख्नका लागि पानी पनि स्वच्छ हुनु पर्नेमा जोड दिदै शुद्ध पानीको प्रयोगले ८०प्रतिशत रोग लाग्नबाट बच्न सकिने धारणा राखेका थिए।
सस्थाका अध्यक्ष सुवेदार तेजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कप्तान गंगाबहादुर गुरुङ,सैनिक वस्ती ग्रुप नं १ का अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ,स्थानिय समाजसेवी चेतवहादुर गुरुङ लगाएले खानेपानीको महत्व र उपयोगीताका वारेमा जानकारी गराएका थिए।
सस्थाका सचिव हवल्दार रामवहादुर गुरुङले संचालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष बोधवहादुर गुरुङले आर्थिक प्रतिवेदन र उपाध्यक्ष मोहन बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .