BREAKING NEWS

Monday, March 21, 2016

पानीको माध्यमवाट आय आर्जनको स्रोत जुटाउन आग्रह


भीमपाणि बराल
लेखनाथ,८चैत।
२४औं विश्व पानी दिवसको अवसर पारेर सोमवार लेखनाथमा राखिएको कार्यक्रमका सहभागीहरुले पानीलाई आय आर्जनको स्रोत वनाउनु पर्नेमा जोड दिएका छन्।
पानी दिवसको अवसर पारेर लेखनाथ ११मा संचालीत कुर्लुङ खोला खानेपानी तथा सरसफाई आयोजना उपभोत्ता सस्थाले राखेको कार्यक्रमका सहभागीहरुले पानीको मुहानको संरक्षण गर्दै पानीलाई कृर्षि जन्य उत्पादनमा समेत प्रयोग गरि उपभोत्ताको आर्य आर्जनमा सहयोग पुग्ने खालका कार्यक्रम ल्याउनु पर्ने धारणा राखेका हुन्।
तेस्रो पचभैया पानी दिवसको नाम समेत दिईएको कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षण कार्यालय पोखराका ईन्जिनियर शिवहरि आचार्यले पानीलाई दैनिक उपभोग्यको वस्तुको रुपमा प्रयोग गदै पानीलाई बेचेर सस्था र उपभोत्ताको आम्दानीको स्रोत पनि बनाउनु पर्ने सुझाव राखेका थिए।
कार्यक्रममा क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षण कार्यालय पोखराका ईन्जिनियर ईश्वरी शर्माले सफ र शुद्ध पानीबाट ८०प्रतिशत रोग सर्नबाट रोक्न सक्ने तर्क दिदै पानीको प्रयोग जन्म देखि मृत्यु सम्म हुने भएकाले पानीका स्रोतहरुको संरक्षण गर्नु पर्ने आवस्यकता औल्याएका थिए।
सोही अवसरमा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बढ्दो मानव विकास सगसगै पानी वितरणको प्रणालीलाई ब्यवस्थीत र प्रभाबकारी बनाउनु पर्ने सुझाव राखेका थिए।
कुर्लुङ खोला खानेपानी तथा सरसफाई आयोजना उपभोत्ता सस्थाका अध्यक्ष दिननाथ ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा एकिकृत नेकपा माओवादी कास्कीका जिल्ला सदस्य विष्णुहरि पौडेल,सामरिया बचत तथा ऋण सहकारी सस्थाका राजिब कडेल,पारालिग लेखनाथ ११की अध्यक्ष हरिदेवि अधिकारी,नेपाली काग्रेस लेखनाथ नगर समितिका सचिव धु्रवनाथ अधिकारी र पचभैया प्रगतिशिल युवा क्लबका अध्यक्ष शरण थापा लगाएतले विग्रदो पर्यावरणलाई रोकथाम गर्दै पानीको सहि सदुपयोग गर्नका लागि सवैमा अनुरोध गरेको सो कार्यक्रमको संचालन कार्यालय सचिव हरिप्रसाद घिमीरेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .