BREAKING NEWS

Friday, March 4, 2016

नेरेसो शिसुवा उप साखाको १५औं बार्षिक साधारण सभा सम्पन्न


लेखनाथ,२०फागुन।
नेपाल रेडक्रस सोसाईटी शिसुवा उप साखाको १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेब ढुगानाले मानविय सेबामा समर्पित रेडक्रसले आपत विपतमा परेकाहरुका लागि सेवा दिदै आएकाले रेडक्रसको अभियानलाई जनमानसमा लैजानु पर्नेमा जोड दिएका थिए।
उप साखाका सभापति सोभामोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा निवर्तमान सभापति देवमणि भण्डारी,सदस्य टिका भण्डारी,महिला उप समितिका संयोजक पार्वती थापा र साखाका कोषाध्यक्ष विष्व लामिछाने लगाएतले आ आफनो धारणा राखेका थिए।

उप साखाका सचिव विष्व पौडेलले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उप सभापति सनकराज लामिछानेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .