BREAKING NEWS

Thursday, March 3, 2016

नारी दिवसको अवसरमा लेखनाथका एक सय २०महिला सम्मानित

लेखनाथ, २० फागुन।
१०६ औं नारी दिवसको अवसर पारेर कास्कीको लेखनाथ नगरपालिका वडा नं २, ३ र ६का जेष्ठ महिलाहरुलाई सम्मान गरिएको छ।
 स्थानिय आमा समुहको पहल र वडा सेबा केन्द्र २,३र६को व्यवस्थापनमा प्रत्येक वडाको ४० जना जेष्ठ महिला गरि एक सय २०जना महिलाहरुलाई दोसल्ला र नगदले सम्मान गरिएको हो।
 सम्मानीत कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले संविधानले महिलाहरुलाई दिएको अधिकारको खोजी गर्दै महिलाहरुले विकास निर्माण र सामाजीक संघ सस्थामा नेतृत्वदाई भुमिका निभाउनु पर्ने सुझाब राखेका थिए।
तीन वटै बडाका महिला प्रतिनिधी पार्वती गुरुङ,सरस्वती वराल र सारदा लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिका सामुदायिक साखाका प्रमुख मिना भण्डारी,नगर स्तरिय राजनितिक पाटी प्रतिनिधी हरिबहादुर जिसी,मोती गिरि,गोविन्द वाग्ले र सरिता पौडेल,सम्पुर्ण महिलाहरुको तर्फबाट विन्दु सुबेदी,सम्मानीतहरुको तर्फबाट लक्ष्मी श्रेष्ठ,टोल विकास समन्वय समितिका अध्यक्ष छविलाल लामिछाने र वडा सचिव लिलामणि भण्डारी लगाएतले महिला अधिकारका बारेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .