BREAKING NEWS

Thursday, February 11, 2016

लेखनाथ नगर खेलकुद विकास समितिद्वारा खेलकुद सामग्री हस्तान्तरण



लेखनाथ, माघ २८
लेखनाथ नगर खेलकुद विकास समिति लेखनाथको आयोजनामा विहिबार एक कार्यक्रमका विच खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । समितिका अध्यक्ष चेत बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ वडा नं १७ र वडा नं. १ लाई भलिबल र जाली प्रदान गरिएको छ । वडा नं. १७ बाट शुभतारा युवाक्लकबका अध्यक्ष भुपेन्द्र थापा मगर र समितिका वडा नं. १७ संयोजक  लालु प्रसाद पराजुली , र वडा नं.१ को तर्फबाट वडा नं. १ संयोजक रोशन अधिकारीले खेलकुद सामग्री ग्रहण गरेका छन् ।
कार्यक्रममा आदर्श युवाक्लबका अध्यक्ष लक्ष्य  प्रसाद भण्डारी , क्लबका पूर्व अध्यक्ष विशाल श्रेष्ठ लगाएतले खेलकुद सामानले राम्रो भलिबल खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरेका थिए । समितिले यस अगाडि नै लेखनाथ वडा नं. ४ र ५ मा सामग्री वितरण गरिसकेको जानकारी समेत गरेको थियो । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .