BREAKING NEWS

Monday, February 15, 2016

१२औं लेखनाथ महोत्सव तयारी अन्तिम चरणमा

राखिएका सवै स्टल बुक, करिव एक करोड पाँच लाख आम्दानी गरि रु ३० लाख वचत गर्ने योजना


लेखनाथ,३ फागुन। 
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा फागुन ५ गते देखि १६ गते सम्म हुने १२औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

लेखनाथ १, भण्डारढिक स्थित प्रस्तावित रंगशालामा हुुन लागेको १२औ सस्करणको लेखनाथ महोत्सवका बारेमा जानकारी दिने उदेश्यले सोमबार राखिएको पत्रकार सम्मेलनमा आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले महोत्सवको तयारी अन्तिम चरणमा पुगी उद्घाटनको तयारीमा रहेको जानकारी गराएका थिए।


नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय र पशु उत्पादन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, लेखनाथ नगरपालिका कार्यालयको सह–आयोजना,नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहि संचालन हुने लेखनाथ  महोत्सवले समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ।


कार्यक्रममा बोल्दै महोत्सवका मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले विभिन्न जिल्लाहरुमा उत्पादित कृषि तथा हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन साथै सोको पहिचान, स्थानीय उत्पादन साथै लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन साथै आन्तरिक एवं वाह्य पर्यटकको विकासमा सहयोग पुग्ने विचार राखेका थिए।

महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, रेष्टुरेण्ट लगायतका करिब तिन सय स्टल रहने  र निर्माण भएका सवै स्टलहरु बुक भईसकेको जानकारी गराईएको थियो ।

महोत्सव अबधिभर करिब ३ लाख दर्शकहरुले अवलोकन गर्ने र १५ देखी २० करोड बरावरको आर्थिक कारोवार हुने अपेक्षा राखिएको महोत्सवमा करिव एक करोड पाँच लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च भई रु ३० लाख वचत हुने अनुमान गरिएको छ ।



महोत्सवमा आउने दर्शकको मनोरन्जनका लागि राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती रहने साथै लेखनाथ महोत्सवमा सर्वाधिक लोकप्रिय कार्यक्रम गण्डकी तारा अन्तरगत स्थानीय एवं राष्ट्रिय कलाकारहरु जन्माउन सफल प्रतिभाको खोजी अभियान अन्तरगत गायन विधामा गण्डकी तारा लाई निरन्तरता दिएका छौं र सो अन्तर्गत टप २० मध्ये उत्कृष्ट एक प्रतिभाले संगितकार वसन्त सापकोटाको संगितमा नेपाली चलचित्रमा गित गाउन पाउने व्यवस्था र उत्कृष्ट ५ मध्येवाट साझेदारीमा एक÷एक वटा गित रेकडिङ गर्ने व्यवस्था समेत मिलाएका छौं साथै क्षमतावान कलाकार भोटिङ मार्फत नफालियोस् भन्ने हेतुले यस वर्ष निर्णायकद्धारा उत्कृष्ट छनौट हुने व्यवस्था मिलाएको छ।


साथै महोत्सवमा विद्यालयका छात्र–छात्राहरुको नृत्य र गायन कला प्रस्फुटन गर्ने उद्देश्यले यस वषर््ा चायल्ड टालेन्ट सो प्रतियोगिता संचालन गर्ने कार्यक्रम अन्तरगत २० जना प्रतिशपर्दीहरु छनोटमा परिसकेका भने यस वर्ष पनि कविता प्रतियोगिता संचालन गरि उत्कृष्ठमा पर्न सफल कविहरुबाट महोत्सव स्थलमा कविता बाचन गर्न कार्यक्रम रहेको छ।

यस वर्ष पनि महोत्सवको प्रवेश टिकट शुल्क रु ५० र विद्यार्थीका लागि रु ३० रहने छ भने वृद्धा वुवा आमा, अपाङ्ग र एकल महिलाको सम्मानका लागि नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्ड संघका साधारण सदस्यहरुलाई परिचय पत्रका आधारमा प्रवेश निशुल्क गर्ने व्यवस्था मिलाएका छ।


महोत्सवका अन्य आकर्षणमा बाल उद्यान ,खाना महोत्सव, म्युजिक कन्सर्ट, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको दैनिक आगमन,  रितिरिवाज झल्कने सास्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र एक जिल्ला एक उत्पादन कार्यक्रमका गतिविधीहरुको जानकारी सहित प्रदर्शनी साथै महोत्सवको समयमा हालै मात्र घोषणा भएको रामसार क्षेत्रको वारेमा अन्तरक्रिया साथै क्रेता र विक्रेताका विचमा पनि अन्तरक्रिया कार्यक्रम गराईने भएको छ।


लेखनाथ उद्योग बाणिज्य संघका महासचिव छत्रधर आत्रेले संचालन गरेको सो कार्यक्रममा प्रचार प्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीले महोत्सवको तयारी अन्तिम चरणम पुगेको जानकारी गराएका थिए भने कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की साखाका सदस्य दिननाथ बराल लगाएतले महोत्सवलाई सफल पार्न सवैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नका लागि अनुुरोध गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .