BREAKING NEWS

Sunday, February 7, 2016

लेखनाथ जेसिजको १ दिने प्रशिक्षण


लेखनाथ, २३ माघ
लेखनाथ जेसिजको आयोजनामा १ दिने अभिमुखिकरण तथा शाखा पदाधिकारी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । करिब ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा लेखनाथ जेसिजका सस्थापक अध्यक्ष वावुराम जमरकट्टेल, पूर्व अध्यक्षहरु लक्ष्मी प्रसाद त्रिपाठी, ऋषिराम जमरकट्टेल, नविन बास्तोला, नगेन्द्रराज बराल, विनोद प्रसाद लामिछाने लगाएतले जेसिजमा आफ्नो अनुभव व्यक्त गरेका थिए । कार्यक्रममा मुख्य प्रशिक्षक ऋषि जमरकट्टेल, सहित नविन प्रसाद वास्तोला र नगेन्द्रराज वरालले सहजिकरण गरेका थिए । 
प्रशिक्षण कार्यक्रम लेखनाथ जेसिजका अध्यक्ष अर्जुन ओझाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक रोसन अधिकारीले र धन्यवाद ज्ञापन रामचन्द्र गौतमले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका महासचिब सन्दिप ढुङ्गानाले गरेका थिए । २०५४ फागुन ५ मा स्थापना भएको लेखनाथ जेसिजले लेखनाथ क्षेत्रमा सामाजिक क्रियाकलापमा अग्रसर रहँदै आएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .