BREAKING NEWS

Wednesday, February 17, 2016

ईन्टरनेसन लायन्सका जोसेफलाई लेखनाथमा स्वागत


लेखनाथ,५ फागुन।
लायन्स क्लब अफ लेखनाथले ईन्टरनेसन लायन्सका इमीडेट पास्ट प्रेसिडेण्ट जोसेफ जो प्रीस्टनलाई स्वागत गरेको छ।
लेखनाथको सामुदायिक लायन्स अस्पतामा राखिएको कार्यक्रममा स्थानीय आमा समुह,नब सनत दुर्गा निमावीका विद्यार्थी तथा लायन्सका पदाधिकारीहरुको उपस्थितीमा स्बागत तथा सम्मान गरिएको हो।
ईन्टरनेसन लायन्सले केहि वर्ष पहिला अस्पताललाई आबस्यक पर्ने सामाग्री खरिद गर्नका लागि ७५हजार डलर प्रदान गरेको थियो भने यो बर्ष मातृशिसु स्वास्थ्य तथा प्रशुती गृहका लागि आवस्यक पर्ने सामान खरिदका लागि ईन्टरनेसन लायन्सले योजनामा पारेको पुर्ब सन्ध्यामा याहाँको वस्तुस्थीति हर्नका लागि जोसेफ लेखनाथ आएका थिए।
लायन्स क्लव अफ लेखनाथका प्रथम उपाध्यक्ष नवराज खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा ईन्टरनेसन लायन्स क्लबका निर्देशक संजय खेतानले सहयोगको आवस्यकता र सामुदायीक लायन्स अस्पतालका सस्थापक अध्यक्ष डाक्टर कालु शर्माले अस्पतालको बर्तमान आवस्या र अस्पतालको भौतीक तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा लेखनाथ लायन्स क्लबले अगाडी सारेको बाख्रा पौचो कार्यक्रमका संयोजक शेरबहादुर गुरुङले बाख्रा पौचो कार्यक्रमबाट गरिब तथा विपन्न परिबारहरु लाभाम्वित भएको जानकारी गराएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .