BREAKING NEWS

Monday, February 1, 2016

लायन्स क्लब लेखनाथको नि शुल्क आखा सिविर

लेखनाथ,१८ माघ।
लायन्स क्लब अफ लेखनाथको बार्षिक कार्यक्रम अन्तरग लम्जुङ जिल्लाको लक्ष्मी बजारमा रहेको लक्ष्मी प्राविमा एक दिने  निःशुल्क आखा सिविरमा ५२जना विद्यार्थी सहित तिन सय ४५जनाले सेबा लिएका छन्।
लायन्स क्लब अफ लेखनाथको आयोजना र हिमालय आखाँ अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न सिविरमा १२ जना मोतिया विन्दुका विरामीहरुलाई हिमालय आखाँ अस्पतालमा ल्याई सल्यक्रिया गरिने भएको छ।
लायन्स क्लब अफ लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा जोन चियर पर्सन एम जे एफ रमेश बहादुर खत्रिले आखामा देखिने रोगलाई समयमा नै पहिचान गरि उपचार गर्न सकेमा अन्धो हुनबाट बच्न सकिनेमा जोड दिदै आखाको उचित हेरविचार गर्नु पर्ने धारणा राखेका थिए।
सीविरमा हिमालय आखाँ अस्पतालका टोली प्रमुख गोविन्दराज बडुले आखाँ सम्बेदन सिल अंग भएकाले रोग लाग्नु भन्दा पहिला नै रोग लाग्नबाट बचाउनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लायन्स क्लबका प्रथम उपाध्यक्ष नवराज खनाल,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद गुरुङ र प्रधानाध्यापक सरिता पोख्रेल लगाएतले आ आफनो धारणा राखेका थिए।सो कार्यक्रमका लागि शैलेश्वरी प्राविका प्रधानाध्यापक रामकृष्ण पोख्रेलले ब्यवस्थापन र प्रचार प्रसारमा सहयोग पु¥याउनु भएको थियो।
कार्यक्रम संयोजक चेतबहादुर गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव बुद्धिप्रसाद बास्तोलाले गरेका थिए भने धन्यवाद ज्ञापन व्यवस्थापन समितिका पुर्ब अध्यक्ष गजेन्द्रराज घिमिरेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .