BREAKING NEWS

Sunday, February 7, 2016

विदेशमा बस्दै आएका नेपाली युवाको बृद्धाश्रमलाई सहयोग



लेखनाथमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई लेखनाथ २ रिठेपानी निवासी हाल बैदेशिक रोजगारीको सिलसिलामा हङकममा बस्दै आएका गंगा बहादुर गुरुङले बृद्ध बृदाका लागि आवश्यक पर्ने खाद्य सामाग्री तथा फलफुल सस्थाका अध्यक्ष प्रेम लिगललाई हस्तान्त्रण गर्दै। तस्विर: भीमपाणि बराल 


लेखनाथ,२४माघ।
रोजगारीको सिलसिलामा हङकङमा बस्दै आएका लेखनाथ २ रिठेपानी निवासी गंगाबहादुर गुरुङले लेखनाथको लामेआहलमा रहेको राधकृष्ण बृद्धाश्रमलाई सहयोग गरेका छन्।
चार बर्ष पछि नेपाल आएका गुरुङ आईतवार आमा धनसुब्वा गुरुङ सहित लेखनाथ १३ मा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगी त्यहाँ बस्दै आएका ४८जना बृद्धबृदाका लागि आवस्यक पर्ने खाद्य सामाग्री, फलफुल तथा नगद सहयोग गरेका हुन् ।
सहयोग सामाग्री हस्तान्त्रण गर्दै गुरुङले बृद्ध बृदालाई सहयोग गर्न पाउदाँ खुसि लागेको कुरा बताउदै बृद्ध बृदालाई सहयोग गर्नु नै बास्थविक रुपको सेबा भएको हुदाँ आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरेका थिए।
राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले आश्रमको अवस्थाका बारेमा जानकारी गराएको सो कार्यक्रमा सस्थाका उपाध्यक्ष विष्वराज लामिछाने,बहमाकुमारी ईश्वरीय विद्यालयकी सुनिता गुरुङ,आश्रमका महन्त फडिन्द्रराज सिग्देल र राईजिङ स्टार युवा क्लबका पुर्व अध्यक्ष कृष्ण गुरुङ लगाएतले बद्धाश्रमको विकासका लागि सवैले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .