BREAKING NEWS

Friday, February 12, 2016

बेगनास तालमा प्राप्त महिलाको सब पहिचान खुल्यो: हत्या भएको परिवारको दावी

लेखनाथ, २९ माघ ।
कास्कीको लेखनाथ नगरपालिका बेगनास तालमा गत मंगलवार तैरीरहेको ब्यवरासिक अवस्थाको महिलाको सवको पहिचान खुलेको छ । 
गत माघ २५ गते  मंगोलिएन अनुहार कि विदेशी भनीएकी महिला लेखनाथ नगरपालिका वडा नं १२, ढुङ्गेपाटन निवासी सुबेदार प्रेम वहादुर पुन मगरकी कान्छि  छोरी खिममाया पुन मगरको रहेको खुल्न आएको हो । 
गत माघ २५गते विहान लेखनाथको पावर हाउसमा रहेको फेवा विकास बैकमा कार्यरत पुन माघ २८गते सम्म घरमा नफर्किपछि घर परिबारबाट खोजतलासी गर्दा ब्यवरासिक सव पुन कै भएको परिबारबाट सुक्रबार मात्र पहिचान भएको थियो।   
पारिबारीक स्रोतले सवलाई हेरे पछि खिममायाँ पुन कै भएको निर्कोल गर्दै उनलाई कसैले  हत्या गरी तालमा फ्याकेको दावी उनको परीवारले गरेका छन् । पोखरा क्षेत्रमा एक पछि अर्को गर्दै महिला हत्याका श्रृखला भएरहेको अवस्थामा लेखनाथमा पनि यस्तै घटना दोहोरीएको पारिवारिक स्रोतको दावि रहेको छ। 
मृतक पुन लेखनाथको पावरहाउसमा रहेको फेवा विकास वैकमा कार्यरत रहेकी थिइन । उनी गत माघ २५ गते विहान अफिस गए पछि परीवारको सम्पर्कमा नरहेको उनका वुबा सुबेदार प्रेम बहादुर पुनले जानकारी दिएका छन्। दिउसो एक बजे छोरीको मोवाईलबाट फोन आएको थियो तर फोन स्पष्ठ नभएकाले आफुले केही नवुझेको बुवा प्रेम बहादुरको भनाई रहेको छ।
माघ २६ र २७ गते सार्वजानीक विदा भएकाले छोरी कुनै साथीको घरका गहिन होला भन्ने विश्वासका साथ रहेका प्रेम बहादुरले एकै चोटी माघ २९ गते बिहान सव देखेपछि मात्र आफनै छोरी भएको निर्काेल गरेका हुन्।। 
माघ २८गते विहान फेवा विकास बैक लेखनाथको पावर हासउका साखा प्रमुख अरुण सापकोटाले खिमा खोई र उनि कता गईन भन्दै घरका आए पछि मात्र परिवारले खोजीलाई अगाडी बढाएको थियो । सापकोटाले २५ गते सोमावार खिमा र मेरो विच केहि भनाभन  भएको हुदाँ उनलाई चित्त दुखेको होला भनि घर मै लिन आएको हु भनेका थिए वुबा प्रेम बहादुरले बताएका छन्। ।  
यसै विच घटनाको यथार्थ छानविन गरी सत्य तथ्य वाहिर ल्याउन माग गर्दै परीवार र आफन्तजनले शुक्रवार डाडाँको नाक प्रहरी चौकीमा धर्ना दिदै तालचोक सम्म विभिन्न प्लेकार्ड सहित नारा जुलुस सहितको दवाव मुलक र्याली निकालेका थिए । 
¥यालीमा  निस्कीएका परिबार जनले खिमाको आत्म हत्या नभई हत्या भएको भन्दै हत्याराको पत्ता लगाई कारबाहीका लागि माग गरेका छन् । उनिहरुले पुलिस प्रशासनले समेत हत्यालाई लुकाउन खोजेको भन्दै पोष्टमाटमको रिपोट नआउदै सव बुझुनका लागि दवाब दिएको भन्दै विरोधमा उत्रियका हुन्। 
पोखरामा नेहा पुनको हत्या भएको घटना सेलाउन नपाउदै आर्की खेमा पुनको हत्या हुनु प्रशासनको कमजोरी भएको भन्दै पिडित परिवारले घटनाको सत्य तथ्य र दोसीलाई पत्ता नलागेसम्म सब नबुझने घोषणा गरेका छन् । 
यसै विच सवको पहिचान सुक्रबार मात्र भएकाले घटनाका वारेमा यथार्थ जानकारी ल्याउनका लागि अनुसन्धान अगाडी वढीरहेको डाडाँको नाक प्रहरी चौकीका इन्चार्ज मित्र वहादुर आचार्यले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .