BREAKING NEWS

Monday, February 1, 2016

सिभिल बैंकको साखा लेखनाथमा स्थानान्तरण


सिभिल बैंक लिमिटेडको लेखनाथमा साखा स्थानान्तरण गर्दै बैकका अध्यक्ष ईच्छाराज तामाङल र साथमा बैकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन                    तस्विर: भीमपाणि बराल
लेखनाथ,१८माघ।
सिभिल बैंक लिमिटेडले आफ्नो पोखरामा रहेको शाखालाई लेखनाथ नगरपालिकाको तालचोकमा स्थानान्तरण गरेको छ ।
शाखाले लेखनाथमा रहेका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुको माग अनुसार पूर्णरुपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले पोखराको न्युरोडमा रहेको साखालाई लेखनाथमा स्थानान्तरण गरेको हो।
नयाँ साखाको उद्घाटन गर्दै बैकका अध्यक्ष ईच्छाराज तामाङले नेपालमा लगानीको सम्भावना बढदै गईरहेकाले नेपाल सरकारको तिन खम्वे अर्थ नितीलाई सार्थक रुप दिन लगानी मैत्री वातावरण सृजना गर्दै काठमाडौ पछि पोखरा र पोखराको पनि लेखनाथमा नयाँ प्रविधि र लगानीको क्षेत्र विस्तार गर्ने उदेश्यका साथ लेखनाथमा साखा स्थापना गरेको जानकारी गराएका थिए।
लेखनाथमा वढ्दै गईरहेको व्यापरीक गतिविधिलाई समेटेर नयाँ शाखाबाट सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सर्वसुलभ तरिकाले सेबा दिनका लागि बैंकको नयाँ साखा स्थानान्तरण गरेको बैकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् ।
बैंकले इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कं लिमिटेडसंग गाभ्ने सम्बन्धमा सम्झौता गरी सकेको छ भने मर्जर पछि बैंकको चुक्तापूँजी रु। ५ अरब ९ करोड,निक्षेप रु। २८ अरब २२ करोड, कर्जा रु। २५ अरब १४ करोड, सम्पत्ति रु। ३६ अरब ९३ करोड पुग्ने छ भने शाखाको संख्या ५१ पुग्ने छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .