BREAKING NEWS

Sunday, February 14, 2016

वि एम जी उच्च माबिको रजत महोत्सव सुरु: शिक्षा विकासको मेरुदण्ड होः उपकुलपति शर्मा

कास्कीको लेखनाथमा रहेको वि एम जी उच्च माविको रजत महोत्सवको उद्घाटन गर्दै पोखरा विश्व विद्यालयका उप कुलपति चिरञ्जीवि प्रसाद शर्मा र पृष्ठ भुमीमा अतिथि चथा अभिभाबकहरु ।  तस्विर भीमपाणि बराल ।

लेखनाथ १, फागुन।
लेखनाथ नगर पालिकाको बडा नं १ पावर हासउसमा रहेको वि एम जी उच्च माविको त्रिदिवसिय रजत महोत्सव सनिवार देखि सुरु भएको छ।
चालु शौक्षिक सत्रलाई रजत महोत्सवका रुपमा मनाउन लागेको विद्यालयले फागुन १ देखि ३ गते सम्म रजत जयन्तिको मुलसमारोह गर्ने लागेको हो ।
रजत जयन्ति मुल समारोहको उद्घाटन गर्दै पोखरा विश्व विद्यालयका उप कुलपति चिरञ्जीवि प्रसाद शर्माले शिक्षा विकासको मेरुदण्ड भएको धारणा राख्दै शिक्षा विकासको पुर्बाधार भएकाले गुणस्थरिय शौक्षीक विकासका लागि निजि क्षेत्रले पनि राज्यलाई सहयोग गरिरहे छ उनको भनाई रहेको थियो।
लेखनाथलाई शौक्षीक नगरीका रुपमा विकास गराउन पोखरा विश्व विद्यालयले खेलेको भुमिकाका बारेमा जानकारी दिदै शर्माले अहिलेको आवस्यकता भनेको व्यवहारीक र प्रयोगात्म शिक्षा हो जाहाँ बाट विद्यार्थीले असल कुरा मात्र सिकिनु र आफुले सेकेका कुरालाई ब्यवहारमा उतार्दै स्देशमा नै रोजगारीका अवसर प्राप्त गर्न सकुन उनको सुझाव रहेको थियो।
सोही अवसरमा रजत जयन्ति कै अवसर पारेर प्रकासन गरिएको वि एम जी पुञ्ज स्मारीकाको विमोचन,रजत स्तम्ब र विद्यार्थीहरुद्धारा तयार पारिएको शौक्षीक प्रदशनीको समेत उप कुलपति शर्माले उद्घााटन गरेका थिए।
सस्थापक निर्देशक ईन्दिरा गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा लिटिल स्टेप उच्च माविका निर्देशक शेरबहादुर गुरुङ,विद्यालयका प्रमुख सल्लाकार डाक्टर भीमसेन गुुरुङ,पुर्ब ब्यवस्थापन समितिका अध्यक्ष विश्वराज लामिछाने,पुर्ब प्राचार्य हेमन्त तिवारी,ब्यवस्थापन समितिका सदस्य पिताम्वर पोख्रेल लगाएतले लेखनाथको शौक्षीक विकासमा वि एम जीले हगन भुमिका निभाएको धारणा राखेका थिए।
विविध सास्कृती कार्यक्रमका साथ सुरु भएको रतज जयन्ति महोत्सवका अवसर पारेर पुर्व शिक्षक,कर्माचारी र ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो।
बिद्यालयका शिक्षक रामचन्द्र अधिकारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी एन्जिला सोमरेले गरेकी थिईन भने विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा प्राचार्य युबराज गुरुङले जानकारी गराएका थिए।
रजत महोत्सव अन्तगर विद्यालयले यस अघि अन्तराष्ट्रिय हजुर बा हजुरआमा दिवसको अवसर पारेर जेष्ठ नागरिकको सम्मान, स्थानीय स्तरका आमा समुहका विच खुल्ला तिज गीत प्रतियोगीता लगाएत स्पोर्टस मिट,चित्रकाल प्रतियोगिता,भुपु विद्यार्थी एवंम शिक्षक पुनर्मिलन,निवन्ध लेखन प्रतियोगिता गरि सकिएको छ भने फागुन २ र ३ गते मुल समारोह सहित समापन गरिने कार्यक्रम रहेको छ।
गुणस्थरिय शिक्षा आजको आवस्यकता भन्ने मुल नाराका साथ स्थापना भएको वि एम जि उच्च मावीले वि स २०५७ साल देखि प्रबेशिका परिक्षामा विद्यार्थी सम्मिलित गराएर उत्कृष्ठ स्थान हासिल गराउन सफल भएको छ भने वि स २०६५साल देखि लेखनाथमा नै पहिलो पटक उच्च मावी तहको होटल मेनेजमैण्टको पढाई अध्यापन गराउन विद्यालय सफल भएको छ।
स्थापनाको छोटो समयमा नै गुणस्थरिय शिक्षा दिन सफल यस विद्यालयमा अहिले मावि र उच्च मावि गरि करिब आठ सय ४०विद्यार्थी अध्यनरत छन् भने शिक्षक र कर्मचारी गरि करिब ६२जना रहेको विद्यालयले जनाएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .