BREAKING NEWS

Monday, February 15, 2016

वि एम जी उच्च माबिको रजत महोत्सव सम्पन्न

लेखनाथ,३ फागुन।
कास्कीको लेखनाथ नगर पालिका बडा नं १ पावर हासउसमा रहेको वि एम जी उच्च माविको त्रिदिवसिय रजत जयन्ति महोत्सव सोमबार देखि सम्पन्न भएको छ।
चालु शौक्षिक सत्रलाई रजत महोत्सवका रुपमा मनाउन लागेको विद्यालयले फागुन १गते देखि संचालन गरेको रजत जयन्ति मुलसमारोहको अन्तिम दिन विविध सास्कृतीक कार्यक्रम र विभिन्न ब्यक्तिको सम्मनका साथ सम्पन्न गरिएको हो ।
रजत जयन्ति समापन समारोहमा बोल्दै शौक्षीक जनशक्ति विकास केन्द्र सानो ठिमी भक्तपुरका कार्यकारी निर्देशक सुर्यप्रसाद गौतमले गुणस्थरिय शिक्षाका लागि समय सुहाउदो शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै अगाडी वढ्नका लागि अनुरोध गर्दै अन्तराष्ट्रिय सुहाउदो शिक्षालाई प्रथामिकता दिनु पर्ने धारणा राखेका थिए। 

सस्थापक निर्देशक ईन्दिरा गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,उच्च मावि शिक्षा परिषदका भुपु सदस्य भीमलाल गुरुङ,हिसान कास्कीका अध्यक्ष बावुराम पन्त, लिटिल स्टेप उच्च माविका निर्देशक शेरबहादुर गुरुङ,विद्यालयका प्रमुख सल्लाकार डाक्टर भीमसेन गुुरुङ,प्याब्सन कास्कीका अध्यक्ष चिनुरानाभाट,पुर्ब अध्यक्ष कृष्ण केसि र संचारकर्मी भीमपाणि बराल लगाएतले लेखनाथको शौक्षीक विकासमा वि एम जीले उल्लेखिए  भुमिका निभाएको धारणा राखेका थिए।
विविध सास्कृती कार्यक्रमका साथ सुरु भएको रतज जयन्ति महोत्सवका अवसर पारेर स्थापन कालदेखि सेबा पु¥याउदै आउनु भएका गणेश गुरुङ र यम कुमारी गुरुङलार्ई सम्मान गरिएको थियो।
यसै गरि विद्यालयले राखेको वि एम जी सिजन दुई गायन प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल प्रिति परियार,समिक्षा थापा र कृतिना बस्नेतलाई समेत सम्मान गरिएको थियो।
बिद्यालयका शिक्षक रामचन्द्र अधिकारीले संचालन गरेको सो कार्यक्रममा विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा प्राचार्य युबराज गुरुङले जानकारी गराएका थिए।
स्थापनाको छोटो समयमा नै गुणस्थरिय शिक्षा दिन सफल यस विद्यालयमा अहिले मावि र उच्च मावि गरि करिब आठ सय ४०विद्यार्थी अध्यनरत छन् भने शिक्षक र कर्मचारी गरि करिब ६२जना रहेको विद्यालयले जनाएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .