BREAKING NEWS

Wednesday, February 10, 2016

वि एम जी उच्च माबिको रजत महोत्सव तयारी अन्तिम चरणमा

भीमपाणि बराल
लेखनाथ,२७माघ।
लेखनाथ नगर क्षेत्रकोे अग्रेणी शौक्षिक सस्थाको रुपमा रहेको वि एम जी उच्च माविको रजत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
चालु शौक्षिक सत्रलाई रजत महोत्सवका रुपमा मनाउन लागेको विद्यालयले फागुन १ देखि ३गते सम्म गर्न लागेको मुलसमारोह तयारी अन्तिम चरण पुगेको बुधबार पत्रकार भेटघाटको कार्यक्रम गरि जानकारी दिईएको हो।  
वि स २०४७सालमा लेखनाथ नगर पालिकाको बडा नं १ सैनिक वस्थी पावर हासउसमा स्थापना भएको वि एम जी उच्च मावीले स्थापनाको २५औं बर्षगाठ पुरा गरेको अवसर पारेर यस बर्षलाई विविध कार्यक्रमका साथ रजत जयन्ती महोत्सव मनाउन लागेको विद्यालयका प्रिन्सपल युबराज गुरुङले जानकारी दिएका थिए।
गत भदौ महिना देखि नै बिभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले रजत महोत्सवको समापन समारोहलाई लेखनाथ नगर क्षेत्रमा नै प्रभावकारी तरिकारले संचालन गर्नका लागि गठित बिभिन्न उप समितिहरुले आ आफनो काम सम्पन्न गरि फागुन १ गते देखि ३ गते सम्म मुल समारोह गर्ने  तयारीमा आफुहरु जुटेको विद्यालयका प्रमुख सल्लाकार डाक्टर भीमसेन गुुरुङको भनाई रहेको छ।
रजत महोत्सव अन्तगर विद्यालयले यस अघि अन्तराष्ट्रिय हजुर बा हजुरआमा दिवसको अवसर पारेर जेष्ठ नागरिकको सम्मान, स्थानीय स्तरका आमा समुहका विच खुल्ला तिज गीत प्रतियोगीता लगाएत स्पोर्टस मिट,चित्रकाल प्रतियोगिता,भुपु विद्यार्थी एवंम शिक्षक पुनर्मिलन,निवन्ध लेखन प्रतियोगिता गरि सकिएको सस्थापक निर्देशक ईन्दिरा गुरुङले जानकारी दिएकी छन्। विद्यालयले लेखनाथ नगर क्षेत्रलाई शौक्षिक नगरीको रुपमा बिकास गराउका लागि प्राविधिक र प्रयोगात्मक नयाँ शिक्षा प्रणालीमा लगानी गर्ने योजना बनाएको छ। कार्यक्रममा शिक्षक रामचन्द्र अधिकारीले तयारीका सम्बन्धमा अहिले सम्म भएका गतिविधिका बारेमा जानकारी गराएका थिए।
गुणस्थरिय शिक्षा आजको आवस्यकता भन्ने मुल नाराका साथ स्थापना भएको वि एम जि उच्च मावीले विस २०५७साल देखि प्रबेशिका परिक्षामा विद्यार्थी सम्मिलित गराएर उत्कृष्ठ स्थान हासिल गराउन सफल भएको छ भने वि स २०६५साल देखि लेखनाथमा नै पहिलो पटक उच्च मावी तहको होटल मेनेजमैण्टको पढाई अध्यापन गराउन विद्यालय सफल भएको छ।
स्थापनाको छोटो समयमा नै गुणस्थरिय शिक्षा दिन सफल यस विद्यालयमा अहिले मावि र उच्च मावि गरि करिब आठ सय ४०विद्यार्थी अध्यनरत छन् भने शिक्षक र कर्मचारी गरि करिब ६२जना रहेको विद्यालयले जनाएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .