BREAKING NEWS

Sunday, February 28, 2016

एकिकृत नेकपा माओवादी लेखनाथको रत्तदान

लेखनाथ, १५फागुन।
एकिकृत नेकपा माओवादीको केन्द्रिय घोषित सहिद सप्ताहा कार्यक्रम अन्तरगतको दोस्रो दिन लेखनाथ नगर कमिटिले सनिवार राखेको रत्तदान कार्यक्रममा २०युनिट रगत संकलन भएको छ।
फागुन १४ देखि २१ गतेसम्म संचालन हुने सहित सप्ताहको अवसरमा राखिएको रत्तदान कार्यक्रमका पहिलो रत्तदाता भीम नेपालीलाई एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाकार कोमलनाथ बरालले ब्लड व्याग हस्तान्त्रण गरि कार्यक्रम सुरु गरेका थिए।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बराल र कास्की ईन्चार्ज दिपक कोईरालाले सहिदको सपना र उनिहरुले राष्ट्र निर्माणको अभियानमा दिएको वलिदानीको उच्च कदर गर्दै सहिदका सपनालाई पुरा गर्नु पर्नेमा जोड दिएका थिए।
एकिकृत नेकपा माओवादी लेखनाथ नगर कमिटिका अध्यक्ष विनय थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव बोधराज लामिछानेले गरेका थिए भने स्वागत मन्तव्य सदस्य पुप्पकमल ढुगानाले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .