BREAKING NEWS

Sunday, February 28, 2016

अपेक्षाकृत सफलता हात पार्दै १२ औं लेखनाथ महोत्सवमा सम्पन्न


कविराज खनाल
लेखनाथ १६, फाल्गुण।
गत फागुन ५ गते देखि सन्चालित १२ औ लेखनाथ महोत्सवले अपेक्षाकृत सफलता हात पार्दै सम्पन्न गरेको छ ।
महोत्सवमा आयोजकले अपेक्षा गरेअनुसार २० करोड वरावरको आर्थिक कारोवार र ३ लाख भन्दा वढि दर्शकले मेला अवलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघको दावा रहेको छ ।
समापन समारोहमा वोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइरालाले स्थानीय उत्पादन र कृषिजन्य उत्पादनको प्रर्वद्धनमा महोत्सवले सहयोग पुर्याएको विश्वास गर्दै लेखनाथमा सन्चालित महोत्सव पश्मिाञ्चलकै उत्कृष्ट महोत्सव हुन सकेकोका खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा वोल्दै अयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले देशमा सृजीत विषम परिस्थीका विचपनि विगतका महोत्सव जस्तै यस वर्षको महोत्सव निकै सफलता पुर्वक सम्पन्न भएको वताएका छन् ।
त्यसैगरी महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको गायन तर्फको गण्डकी ताराको प्रतियोगितामा आद्धित्य शर्माले प्रथम स्थान हासिल गरी रु ५० हजार प्राप्त गरीकी छन् भने अनिल वि.क. दोश्रो, कुशल पोर्खेल तेश्रो , सोनुकुमार वि.क. चौथो र राम घर्ती उत्कृष्ठ पाँचमा पर्न सफल भएका थिए ।
१२ दिन सम्म चलेको महोत्सवले स्थानीय उत्पादन वृद्धि गर्ने, सास्कृति र कला क्षेत्रको प्रवद्र्धन लाई वढि जोड दिएको थियो । महोत्सवमा स्थानीय उत्पाद देखि औद्योगिक वस्तुहरुको प्रदर्शनीका लागि ३०० स्टल रहेका थिए ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .