BREAKING NEWS

Wednesday, February 10, 2016

नेरेसो लेखनाथ उप साखाको १८औ साधारणसभा सम्पन्न

लेखनाथ, २७ माघ।
नेपाल रेडक्रस सोसाईटी लेखनाथ उप साखाको १८र्औ बार्षिक सधारण सभा सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेब ढुगानाले रेडक्रस मानविय सेबाको क्षेत्रमा काम गर्दै आएको रेडक्रसको अभियानलाई गाउ गाउमा पु¥याउनु पर्नेमा जोड दिदै रेडक्रसले दैवि प्रकोप र विपत्तीमा परेकाहरुलाई सहयोग गरेको धारणा राखेका थिए।

नेपाल रेडक्रस सोसाईटी लेखनाथ उप साखाका सभापति हिरामणि सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्की साखाका सदस्य राजेकुमार घिमिरे,जिल्ला दैवि प्रकोप उप समिति सदस्य ध्रुब अधिकारी,प्रथामिक उपचार तथा सडक सुरक्षा कार्यक्रम कास्कीकी संयोजक प्रतिभा सापकोटा,लेखनाथ बजार ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद अधिकारी,बडा सेवा केन्द्र २,३र ६का वड सचिव लिलामणि भण्डारी,वडा नागरिक मञ्च लेखनाथ २का संयोजक प्रयागराज भण्डारी,सम्पुर्ण महिलाहरुको तर्फबाट सिता भण्डारी,आजिबन सदस्य नारायणदक्त बस्ताकोटी,नेपाली काग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने,लेखनाथ लायन्स क्लबका पुर्ब अध्यक्ष कृष्णराज पौडेल,लेखनाथ सामुदायीक लायन्स अस्पतालका अध्यक्ष महेश्वर पाण्डे,युवा रेडक्रस लेखनाथका अध्यक्ष सुर्य भटराई र रक्षा भटराई लगाएतले आ आफनो धारणा राखेका थिए।
सस्थाका सचिव नगेन्द्र लामिछानेले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उप सभापति खगेन्द्रराज आचार्यले गरेका थिए भने कार्यक्रममा सस्थालाई आर्थीक तथा भौतीक रुपमा सहयोग पु¥याउदै आउनु भएका बालगोपाल श्रेष्ठलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो।
सोही भेलाले प्रकाश सापकोटाको संयोजकत्वमा प्रथामीक उपचार तथा सडक सुरक्षा पोष्ट संचालन समिति गठन गरिएको छ जसको सदस्यमा सिता भण्डारी,बालाकृष्ण गौतम,रक्षा भटराई र ईश्वर बावु भटराई रहेका छन्। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .