BREAKING NEWS

Sunday, February 28, 2016

साना किसान कृषि सहकारीको अध्यक्षमा तिवारी


भीमपाणि बराल
लेखनाथ,१६फागुन।
कास्कीको लेखनाथमा रहेको साना किसान कृषि सहकारी सस्था बेगनासको १६औं बार्षिक साधारण सभा तथा सातौं अधिबेसनले आगामी कार्यकालको लागि भोला तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सनिवार भएको निर्बाचन कार्यक्रममा बर्तमान अध्यक्ष समेत रहेका तिवारीले तिन सय ३९मत प्राप्त गरि विजयी भएका हुन्। अध्यक्ष पदका प्रत्यासी उमेदवार दिननाथ ढकालले एक सय ९२ र कृष्णप्रसाद ढुगानाले ९८मत प्राप्त गरेका थिए।
त्यसैगरि उपाध्यक्ष पदमा भरतराज तिवारीले तीन सय ४७मत प्राप्त गरि विजयी भएका छन् भने उपाध्यक्ष पदका प्रत्यासी उमेदवार कृष्ण तिमल्सिनाले दुई सय ७९ मत प्राप्त गरेका थिए।
कुल आठ सय ८६सेयर सदस्य रहेको सस्थाको नौ सदस्य पदका लागि १३जनाका विच भएको निर्बाचनमा हरिदेवि अधिकारीले चार सय ३३,भरतप्रसाद तिवारीले चार सय ३२,सुरेन्द्रबावु तिवारीले चार सय सात,सावित्र भण्डारीले चार सय पाच,विशेश्वर कडेलले तिन सय ९२,पदमराज लामिछानेले तिन सय ८५,रामबहादुर थापाले तिन सय ८२,टिकाप्रसाद खनालले तिन सय७५ र बबिता सुवेदीले तिन सय ५६मत प्राप्त गरि विजयी भएका छन् भने सदस्यका प्रत्यासी उमेदवार विष्णुहरि तिवारीले तिन सय ३३,रामप्रसाद कडेलले तिन सय३२रिता गौतमले तिन सय ३०र सुभद्रा अधिकारीले दुई सय ८५मत प्राप्त गरेका थिए।
यसै गरि लेखा समितिको संयोजकमा रविन्द्र अधिकारी र सदस्यहरुमा टंकप्रसाद लामिछाने र मोहन तिवारी सर्वसम्वत रुपमा चयन भएका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .