BREAKING NEWS

Sunday, January 10, 2016

यातायात कार्यालयमा अख्तियारको छडके

लेखनाथ,२६पुस।
जनसरोकारका कार्यालयहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले अनुगमनलाई तिव्रता दिएको जनाएको छ ।
 धेरै जन गुनासो आउने र आर्थिक चलखेल हुने ढड्डाहरुमा अख्तियारले निरन्तर निगरानी वढाइरहेको सन्दर्भमा आइतवार दुई वटा सरकारी कार्यालयमा आकस्मिक अनुगमन गरेको अख्तियार सम्वद्ध अधिकारीहरुले जनाएका छन् ।
आइतवार  गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी) पोखरामा अनुगमन गर्ने क्रममा कार्यालयका सरकारी ढड्डाहरु सेवाग्राहीको नाममा विचौलीमाहरुले भरिरहेको पाइएको र त्यसरी अनाधिकृत ढंगवाट प्रयोग भए गरिएका ढड्डाहरु अनुगमनमा आएका अख्तियारका अनुसन्धान अधिकारीहरुले नियन्त्रणमा लिई कार्यालय प्रमूख भरत पौडेललाई वुझाएर आइन्दा त्यस्तो लापरवाही नहुने प्रतिवद्धता गराइएको छ । यस्तै सवारी चालक अनुमती पत्र कार्यालयमा पनि अनुगमन गरि लाइसेन्स वितरण प्रकृयालाई चुस्त दुरुस्त र पारदर्शी वनाउन निर्देशन दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .