BREAKING NEWS

Saturday, January 30, 2016

लेखनाथ महोत्सवको विषयलाई लिएर महिला तथा आमा समुहको वृहत भेला सम्पन्न

लेखनाथ माघ  १६, कास्की

“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ २०७२ फागुन ५ गते देखी १६ गते सम्म लेखनाथ १ भण्डारढिक प्रस्तावित रंङगशालामा संचालन हुने १२ औं लेखनाथ महोत्सवको विषयलाई लिएर महिला तथा आमा समुहहरुको भेला शनिवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना गरिएका उक्त भेलाले महोत्सवलाई प्रभावकारी र भव्य बनाउनका लागि आफ्नो संस्कृति जर्गेनामा सहयोग पुग्नेगरि आमा तथा महिला समुहको भेलामा भएको छलफल कार्यक्रममा उपस्थित आमा तथा महिला समुहहरुले महोत्सवको उद्घाटनको दिन आ आफ्नो टोलबाट भेषभुषा सहितको सांस्कृतिक र्याली निकाल्ने निर्णय भएको छ । 

लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष बलराम ढकालले उपस्थित सवैलाई स्वागत गर्दै लेखनाथको विकासका लागि आमा तथा महिला समुहहरु निस्वार्थ आर्थिक उपार्जनमा लाग्दै यस क्षेत्रको आर्थिक रुपान्तरणमा सहभागि हुनका लागि आग्रह गर्दै महोत्सव आर्थिक गतिविधीको थलो भएकाले दैनिक अवलोकन गरि व्यवसायी वन्नका लागि समेत आग्रह गर्नुभएको थियो ।

उक्त भेलामा लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव भरतकुमार अधिकारी, महिला उद्यमी उपसमिति सल्लाहकार मेनुका श्रेष्ठले महोत्सवको उद्घाटन कार्यक्रममा र्याली कार्यक्रमलाई विगतको भन्दापनि भव्य सभ्य र व्यवस्थीत गर्नुपर्ने धारणा राख्नुभएको थियो । यस महोत्सवमा आमा तथा महिलाहरुकोे प्रतिभा प्रस्फुटन गर्नका लागि जोडि महिला नृत्य राख्ने भएकाले सवै आमा समुह तथा महिला समुहहरुलाई आर्कषक नृत्य प्रस्तुत गर्नका लागि अनुरोध गर्नुभएको थियो । कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नुभएको थियो ।
त्यसै गरि शनिवार नै लेखनाथ उद्योग वाणिज्य संघ अन्तर्गत गठित बजार व्यवस्थापन उपसमिति संयोजक विश्वगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बजार व्यवस्थापन उपसमितिले लेखनाथ महोत्सवमा सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .