BREAKING NEWS

Friday, January 8, 2016

लेखनाथ सामुदायिक सेबा केन्द्रको ट्राफिक सचेतना


महेन्द्र ढुगाना 
लेखनाथ,२३ पुस।
लेखनाथ सामुदायिक सेवा केन्द्रले बढ्दो सबारी दुर्घटनालाई न्युनिकरण गराउने उदेस्यले ट्राफिक जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ।
लेखनाथ सामुदायिक सेबा केन्द्रका कार्यबाहक अध्यक्ष दयाराम तिवारी सहितका पदाधिकारी र अस्थाई ट्राफिक पोष्ट डाडाको नाकको सहयोगमा विहिबार पृथ्वीराजमार्गमा दुई घण्टे ट्राफिक सचेतना कार्यक्रम सहित ट्राफिक नियमका बारेमा जानकारी गराईएको हो।

चेक जाचको क्रममा एक सय भन्दा बढि मोटरसाईकलका सबारी चालकलाई हेल्लमेट,व्लुबुक,लाईसेन्सका बारेमा जानकारी गराईएको थियो भने ५०वटा बस तथा ट्रक र ३०बटा कार जिपहरुलाई सवारी साधान चलाउदा अपनाउनु पर्ने होसियारीका बारेमा जानकारी गराईएको थियो।

चेकजाच कै क्रममा १५वटा सबारी साधनलाई कारवाही गरिएको र त्यसबाट करिव चार हजार बराबरको राजश्व संकलन भएको प्रहरी नायव निरिक्षक महेन्द्र रानाभाटले जानकारी दिएका छन्।   

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .