BREAKING NEWS

Sunday, January 10, 2016

तालनगरीको सहयोग


लेखनाथ, २६ पौष
लेखनाथको बेगनासतालमा रहेको ताल नगरी कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको पाँचौ वर्ष पूरा गरी छैटौं वर्ष प्रवेश गरेको अवसरमा नेपाल नेत्रहिन संघ बुढिबजार शाखालाई १५ थान कुर्चिहरु सहयोग स्वरुप प्रदान गरेको छ । कार्यालय परिसरमा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष बसन्त ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखनाथ नगरपालिकाका कानूनि अधिकृत राममणी अधिकारी , लेखनाथ वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी , सहकारीका पूर्व अध्यक्ष बुद्धिनाथ बास्तोला , क्रण संयोजक बाबुराम थापा , बेगनासताल बजार व्यवस्थापन समितिका अध्यक्ष उमकान्त तिमिल्सिना , चक्र देवी सहकारीका अध्यक्ष सोमलाल कंडेल लगाएतका बक्ताले सहकारीले गरेको सहयोगको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका व्यवस्थापक कृष्णराज खनालले जानकारी दिएका छन् । कार्यक्रमको सञ्चालन सचिव जिवन तिवारीले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .