BREAKING NEWS

Friday, January 15, 2016

रुपाकोट मेला २०७२ शुक्रबार रुपाकोटमा सम्पन्न

ध्रुव तारा क्लब भिरचोक, रुपाकोट १, कास्कीको आयोजनामा रुपाकोट गाविसको कार्यालय वर्नेपोखरीको प्राङ्गणमा भएको थियो  ।मेला समापन कार्यक्रमको उद्घाटन ध्रुव तारा क्लब भिरचोकको १६ औं बार्षिकोत्सबको अबसरमा पुस २९ देखि माघ १ गते सम्म भएको  कास्की क्षत्र न १ का सासद तथा नेपाली काग्रेस कास्की का सभापति यज्ञ बहादुर थापाले गर्नु भएको थियो।मेलामा आयोजना भएको भलिबल प्रतियोगितामा प्रथम हुने  हिमदृश्य युवा क्लब, दितिय हुने  सिद्धार्थ स्मृति युवा क्लबलाई पुरस्कार बितरण गरिएको थियोे । त्यसै गरि हिमदृश्य युवा क्लबका खेलाडी नवीन गुरुङ बेस्ट प्लेयरको उपाधी पाएका थिए ।कार्यक्रममा लोक गायक नबराज अधिकारि, सजना बास्तोला, सुभाष गुरुङ नृत्यमा सकिल खान, भद्रगोलका सि पि पुडासैनी ९धतुरे०, सुशील पौडेल, क्लबका कलाकारहरुले प्रस्तुति गरेका थिएनेपाल पर्यटन वोर्डले प्रबर्द्धन गरेको मेलाको मुख्य प्रायोजक होमबहादुर गुरुङ, उहाँकि श्रीमती गिमाया  गुरुङ तथा परिवारले गरेका थिए  ।भिरचोक इस्टमित्र सहयोग कोष पोखरा, चन्द्र प्रभा उच्च मा वि, भिरचोक तमु समाज, वेस्टर्न भिलेज एकेडेमी र मुस्लिम सेवा समाजले मेलालाई सहयोग गरेका थिए । क्लबका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लब का सल्लाहकार समितिका सयोजक बलराम गुरुङ र  संचालन कोषाध्यक्ष मोहम्मद मोहसिनले गरेका थिए

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .