BREAKING NEWS

Wednesday, January 6, 2016

रुपाकोेट महोत्सवको तयारी तिव्र,आन्तरिक पर्यटनमा जोड


भीमपाणि बराल
लेखनाथ,२२ पुस।
कास्कीको उत्तर पुर्बमा रहेको रुपकोट गाविसको ध्रुब तारा क्लव र स्थानीय सामाजीक संघ सस्थाको सहकार्यमा आयोजना गर्न लागेको रुपाकोट महोत्सवको तयारी तिव्र रुपमा अगाडी वढेको छ।
क्लबको १६औं बार्षिकोत्सवका अवसरमा रुपाकोटको भीरचोकमा पुुस २९देखि माघ १ गते सम्म गर्न लागेको तिन दिने महोत्सवलाई प्रभावकारी बनाउनका लागि क्लबका अध्यक्ष प्रेम कुमार खड्काको संयोजकत्वमा विभिन्न उप समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ।
नव गठित समितिको सास्कृतीक उप समितिमा मदन गुरुङ,आर्थीक संकलन उप समिति संयोजकमा कुमार गुरुङ,प्रचार प्रसार उप समितिमा त्रिविक्रम केसी र खेलकुद उप समिति संयोजकमा ओेम प्रकास गुरुङ रहेका छन्।
क्लबले हरेक बर्ष मनाउदै आएको महोत्सवले आन्तरिक पर्यटन प्रबद्धन र रुपाकोटको पर्यटन विकासमा सहयोग पु¥याउने विश्वास लिईएको छ।
तीन दिन सम्म चल्ने उत्त महोत्सवमा विषेस गरि विभिन्न खेलकुद प्रतियोगीत,सांस्कृर्तीक कार्यक्रम अन्तरगत दोहोरी गीत र एकल नृत्य,सोरठी,घाटु नाच,भजन चुड्का र रोधीका कार्यक्रमहरु रहेको मुल संयोजक प्रेम कुमार खड्काले जानकारी दिएका छन् ।
महोत्वको तयारीका लागि भिरचोक वरपर सरसफाई र स्टल बनाउने काम भईरहेको छ भने महोत्सव अबधि भर पोखराबाट रुपाकोटसम्म थप यातायातको ब्यवस्था समेत गरिने भएको लेखनाथबाट सहयोगी पत्रकार भीमपाणि बरालको समाचारमा उल्लेख गरिएको छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .