BREAKING NEWS

Tuesday, January 26, 2016

लेखनाथको बडा नं १,१२ र १३ मा नियमित यातायात सेवा संचालनमा आग्रह

लेखनाथ, माघ १२
नगरपालिका घोषणा भएको २० बर्ष वितिसक्दा पनि लेखनाथ नगरपालिका बडा नं १,१२र१३को मजुबा देखि भण्डारढिक हुदै पोखरा सम्म नियमिती बस सेबा संचालनका लागि स्थानियहरुले माग गरेका छन्।सो क्षेत्रका बासीन्दाहरुले सर्बसुलभ यात्रा हाम्रो अभियान नै संचालन गरि बेगनासताल बस संचालन समिति मार्फत नयाँ रुट कायम गरि मजुवाबाट पावर हाउस हुदै भण्डारढिकबाट पोखरासम्म बस  सेबा संचालनका लागि आग्रह गरेका छन्।
अभियानका संयोजक सहविर गुरुङको अध्यक्षतामा भएको आम भेलामा लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगाएतले सो क्षेत्र पुथ्वीराज मार्गको माझमा परेर पनि स्थानिय तहबाट नियमित बस सेबा संचालन नहुदाँ यात्रु बर्गहरु मर्कामा परेकाले प्रशासनको सहयोगमा नियमित बस सेबा संचालन गर्नु पर्ने धारणा राखेका थिए।कार्यक्रममा स्थानीय युबा क्लब,आमा समुह टोलविकास सस्थाका प्रतिनिधी तथा राजनितिक दलका प्रतिनिधीहरुले सो क्षेत्रमा जति सक्दो चाडो बस सेबा संचालन गर्नका लागि सामुहिक आवाज उठाउनु पर्नेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .