BREAKING NEWS

Friday, January 29, 2016

रेडियो लेखनाथ छैटौ बर्षमा प्रवेश

लेखनाथ, १५ माघ
लेखनाथ नगरपालिकामा स्थापना भएको पहिलो सामुदायिक रेडियो लेखनाथ १०६.६ मेगाहर्ज आजदेखि छैटौँ वर्षमा प्रवेश गरेका छ । लेखनाथ सामुदायिक विकास तथा सञ्चार केन्द्रद्धारा सञ्चालित रेडियोले सनिवार आफ्नो वार्षिक उत्सवको अवसरमा विविध सचेतना मुलक कार्यक्रमहरु आयोजना गर्ने रेडियोले जनाएको छ । वि.सं. २०६७ साल माघ १६गते शहिद दिवसको दिन पारेर प्रसारणमा आएको थियो ।
रेडियोको प्रसारण केन्द्र कास्कीको लेखनाथ नगरपालिका वडा नं. ३ सुन्दरीबजारमा रहि कास्की,पर्वत,बाग्लुङ, स्याङजा लमजुङ तनहु लगायत नेपालका १५ भन्दा बढि जिल्लाहरुमा राम्रोसँग सुन्न सक्ने भएकाले करिव १५ लाख भन्दा बढि श्रोताहरु माझ अत्याधिक रुचाइएको रेडियोको रुपमा स्थापित हुदै आएको छ।
रेडियोका अध्यक्ष रामकृष्ण जिसीका अनुसार रेडियो लेखनाथलाई समुदायको आफ्नै बनाउन र युवा पुस्तालाई युग सुहाउदो कार्यक्रम उत्पादन तथा प्रसारण गरिदै आएको बताउनु भयो । दैनिक १७ घण्टा ३० मिनेट सञ्चालित रेडियोले नियमित प्रसारण अन्र्तगत राष्ट्र तथा राष्ट्रिय भाषामा समाचार, विविध मनोरञ्जनात्मक ,शिक्षामुलक, सूचनामुलक र युग सुहाउदो प्रकृतिका प्रसारणका साथै प्रत्यक्ष रुपमा श्रोता सहभागिता रहने फोन इन एवं विविध महत्वपूर्ण उत्सव महोत्सव सभा समारोहहरुको प्रत्यक्ष प्रसारण लगायतका कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।
सञ्चारको माध्यम मार्फत पर्यटकिय क्षेत्र सात तालको शहरलाई आम श्रोता माझ परिचित गराउदै लाखौ श्रोताका प्रतिक्रिया सल्लाह सुझावहरुका आधारमा कार्यक्रमहरुलाई गुणस्तरिय र रोचक बनाउदै अगाडि बढने रेडियोका अध्यक्ष रामकृष्ण जिसीले जानकारी दिनुभएको छ।
रेडियोले समाजमा रहेको अति विपन्न तथा गरिब परिवारका छोराछोरीलाई उच्च शिक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेका छ ।हाल सम्म ३ जनालाई उच्च शिक्षा हासिल गराई सामाजिक क्षेत्रमा रहेको क्लव तथा आमा समुहहरुलाई पनि आर्थिक तथा भौतिक सेवा समेत प्रदान गरि समाजको सामू उदाहरिय कार्यहरु समेत गरिदै आएको छ । साथै रेडियोले आफनै स्टुडियोमा आर्ज र प्राविधि तालिम दिएर युवाहरुलाई रोजगारीका अवसरहरु सृजना गर्दै आएको छ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .