BREAKING NEWS

Tuesday, January 26, 2016

पोखरा विश्वविद्यालयमा टेक्नोलोजी सेन्टरको हस्तान्तरण


लेखनाथ, १२ माघ
लेखनाथ १२ खुदीमा अवस्थीत पोखरा विश्वविद्यलयमा नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्ट।पेनरसीप सेन्टरको स्थापना गरीएको छ । मंगलवार विश्वविद्यालय प्राङ्गणमा भएको एक कार्यक्रममा हानडङ्ग ग्लोवल युनीभरसिटी, नेशनल सिरसर्च फाउण्डेशन कोरीया, साइन्स एण्ड टेक्नोलोजी मन्त्रालय र पोखरा विश्वविद्यालयको सयुक्त पहलमा स्थापना गरीएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपालका लागी कोरीयाली राजदूत योनजिङ्ग चोइले यसको स्थापनाले यस क्षेत्रको आर्थिक, सामाजिक र प्रविधीको विकासमा योगदान पुग्ने अपेक्षा गरेका छन् । सोही कार्यक्रममा उनले यसको स्थापना सँगै यस क्षेत्रले आगामी दिनमा अवश्य नै परिवर्त पाउने जानकारी दिए ।
पोखरा विश्वविद्यालयका उपकुलपती प्रा चिरञ्जिवी प्रसाद शर्माको सभापतीत्वमा सम्पन्न कार्यक्रममा वोल्दै हानडङ्ग ग्लोवल युनीभरसिटीका प्रमुख सोनहेङ्ग चाङ्गले विद्यार्थी, कर्मचारी, प्राध्यापक सँगसँगै यस क्षेत्रको वजार प्रवद्धन र वजारीकरणमा उच्च भुमिका खेल्न सक्ने जानकारी दिए । त्यसै गरी पोखरा विश्वविद्यालयका राजिष्टार गोविन्द शर्माले सहयोगी हातकोे प्रशशां गर्दै आगामी दिन समेत जोड दिन आग्रह गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
करीव ४ करोडको लगानीमा वनेको एआइटीसी सेन्टरले यस समग्र पोखरा क्षेत्रमा विशेष योगदान गर्नेमा सवैले जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी शिक्षा मन्त्री गिरीराजमणी पोखरेल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका आउने भनिए पनी कार्यक्रममा उपस्थीती देखीएन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .