माघ ४, काठमाडौं ।
नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलमा पाँच र डिजेल–मट्टितेलमा ६–६ रुपैयाँ घटेको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ९९ रुपैयाँ र डिजेल–मट्टितेल ७५–७५ रुपैयाँ कायम भएको छ ।
एलपीजी ग्यासमा भने अझै २४२ रुपैयाँ प्रतिसिलिण्डर घाटा नै रहेकाले मूल्य यथावत राखिएको घिमिरेले बताए।