BREAKING NEWS

Tuesday, January 26, 2016

नाका नखुलेसम्म भारत जान्न – प्रधानमन्त्री ओली

काठमाडौं, १२ माघ 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गर्दै नाका नखुलेसम्म आफू भारत भ्रमणमा नजाने बताएका छन् ।

‘यो अघोषित नाकाबन्दी हो, त्यसकारण अघोषित रुपमै खुल्छ । अब एक दुईदिन भित्रै नाकाहरु सहज हुन्छन्,’ दैनिक पत्रिकाका सम्पादक र केही बरिष्ठ पत्रकारसँग मंगलबार बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले भने, ‘नाकाको अवस्था सामान्य नभइ भारत भ्रमण जान्न ।’

प्रधानमन्त्रीले असोज ३ गते ठूलो षड्यन्त्रका बाबजुद संविधान जारी भएको बताउँदै तर बिना सहमति रातारात जारी भएको हल्ला फैलाइएको उल्लेख गरे । ‘सहमतिका नाममा संविधान जारी गर्ने प्रक्रिया एक हप्ता मात्र सारेको भए अहिलेसम्म संविधान जारी गर्न सकिने थिएन । त्यो एउटा षड्यन्त्र थियो,’ उनले भने, ‘यो रातारात जारी भएको संविधान होइन । संबिधानसभाले तयार गरेको संविधानको ड्राफ्ट जनतामा लगेर त्यहाँबाट आएका सुझाव समेटेर सबै बिधि र प्रक्रिया पुर्‍याएर जारी गरिएको हो ।’

प्रधानमन्त्रीले संविधानमा कसैलाई विभेद नगरिएको स्पष्ट पार्दै संघीयता, शक्ति पृथकीकरण, बहुदलिय प्रतिस्पर्धा, स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस मानवअधिकार, असमानता र विभेदको अन्त्य संविधानका आधारभुत मान्यता रहेको बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .