BREAKING NEWS

Friday, January 15, 2016

नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रम


लेखनाथ १ माघ
नेपाल विद्यार्थी संघ लेखनाथ वडा नं ९ र १० को संयुक्त आयोजनामा शुक्रवार एक कार्यक्रम गरी कार्यकर्तालाई प्रशिक्षण गराएको छ । नेपाली काग्रेसको १३ औ महाधिवेसन नजिकिदै गर्दा कार्यकताहरुलाई प्रशिक्षण गरी भोट माग्न दौडाहामा नेताहरु रहेका छन् । महाधिवेसनलार्य अवसर पारेर गरीएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेवी संघ कास्कीका पुर्व अध्यक्ष कल्याण वावु भण्डारीले यो काग्रेसको चाडपर्व भएको र यसकम युवाहरुको सक्रिय भुमिकालाई जोड दिन आग्रह गरे । सोही कार्यक्रममा उनले साठी चालीसको भागवन्डालाई अन्त्य गर्दै युवालाई ६० र अग्रजलाई ४० को भागवन्डा गर्न जोडदार माग गरेका छन् । कार्यक्रममा वोल्दै विशिष्ठ अतिथी नेपाल तरुण दल कास्कीका पुर्व अध्यक्ष सुरज जंग राणाले काग्रेको इतिहास कसैले अभियान चाल्दैमा र हावाहुरीले नउडाउने उद्घोष गरे । उनले कोही ठिक समय आउने समयमा आउने र वेठिक समयमा जाने कार्यकर्ता पार्टीलाई नचाहीने समेत जानकारी दिए । उनले आफूले लेखनाथ नगर सभापतीमा उम्मेदवारी दिँदै सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्रीराम कडेल, स्थानिय नेता तिर्थ तिवारी, ने का वडा नं ९ सभापती ढकनाथ कडेंल, तरुण दल लेखनाथ नगर सभापती सागर गुरुङ्ग, नेका नेता विश्व पौडेल, विपि चिन्तन प्रतिष्ठान क्षेत्र नं १ सभापती रमानाथ पाण्डे लगाएतले वोल्नुका साथै सवै एक भएर महाधिवेसनमा लाग्नु पर्नेमा जोड दिए । नेवीसंघ लेखनाथ वडा नं ९ का सभापती प्रकाश तिवारीको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता धु्रव तिवारीले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .