BREAKING NEWS

Thursday, January 7, 2016

मनिपाल शिक्षण अस्पतालका कर्मचारी अन्दोलित


पोखरा २३ पुस । तलव बृद्धिको माग सहित पोखराको मनिपाल शिक्षण अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । दुई बर्षदेखि अस्पतालमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि नभएको भन्दै उनिहरुले दवावमुलक आन्दोलन थालेका हुन् ।

मनिपाल कर्मचारी समन्वय समितिले दवावमुलक कार्यक्रम अन्तर्गत विहिवार प्रशासन घेराउ ग¥यो । माग पुरा गराउन भन्दै उनिहरुले पुस २४, २५ र २६ गते सम्म प्रशासन घेराउन गर्ने, २८ र २९ गते एम्वुलेन्स वाहेक अस्पतालका अन्य कुनैपनि सवारी सञ्चालन हुन नदिने कार्यक्रम तय गरेका छन् ।

त्यसपछि पनि माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने उनिहरुले चेतावनी दिएका छन् । विगत दुई बर्षदेखि कर्मचारीको सेवा सुविधा बृद्धि नभएको र पटक पटक ध्यानाकर्षण गराउदा पनि ब्यबस्थापन गम्भिर नरहेको भन्दै कर्मचारीले आन्दोलन थालेका हुन् ।

समितिका अध्यक्ष विक्रम केसीले पिसपोखरालाई दिएको जानकारी अनुसार माग सम्बोधनको लागि अहिले सम्म अस्पताल ब्यबस्थापनसँग ३० पटक वार्ता भयो । तर कर्मचारीको माग सम्बोधनको प्रयास भएन । गत असार ७ गते ११ बुदे माग पेश गरेपछि ब्यबस्थापनको तर्फबाट गठित वार्ता टोलीसँग ३० औं पटक सम्म वार्ता गरेपनि माग सम्बोधन नभएको उनले बताए ।

उनिहरुले ४० प्रतिशत तलव बृद्धिको माग राखेका छन् । तर अस्पताल ब्यबस्थापनले ४.५ प्रतिशत मात्र बृद्धि गर्न सकिने अडान लिएको छ । समितिका अनुसार मनिपालमा अहिले चिकित्सक बाहेक ६ सय ५० जना कर्मचारी कार्यरत छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .