BREAKING NEWS

Friday, January 29, 2016

लेखनाथ नगरपालिकाले त्रिदिवसीय स्थापना दिवस मनाउने

लेखनाथ, १५ माघ
लेखनाथ नगरपालिका कार्यालयले आफ्नो १९ औ स्थापना दिवस त्रिदिवसीय रुपमा मनाउने भएको छ । शुक्रवार पत्रकार भेटघाट गर्दे नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक वहादुर भण्डारीले त्रिदिवसीय रुपमा १६ गते कास्की जिल्ला स्थानिय विकास अधिकारीको सहभागीतामा लेखनाथ स्थित प्रस्तावित चिडियाखानाको कर्मचारी, पत्रकार एंव समाजसेवी सहित लिवर्ड र वर्ड क्लवको व्यवस्थापनमा पदयात्रा गरिने भएको छ । यसै गरी १७ गते नगर भित्रका उत्कृष्ट करदातालाई सम्मान र अन्तिम दिन १८ गते कार्यालय परिसरमा रक्तदान गरीने भएको छ ।
करदाता सम्मान अन्तर्गत वर्षका उत्कृष्ट ३ करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट उपभोक्ता समितीेलाई सम्मान गरिने जानकारी दिइएको थियो । नगरपालीका कार्यलयले जेष्ठ महिला सम्मान कार्यक्रम अन्र्तगत प्रत्येक वडाका २ जना जेष्ठ महिलालाई सम्मान समेत गरिने नगपालिका कार्यालयका सूचना अधिकृत राममणी अधिकारीले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .