BREAKING NEWS

Sunday, January 31, 2016

लेखनाथ नगरपालीका स्थापना दिवस, विभिन्न व्यक्तिहरु सम्मानीत

 लेखनाथ १७ माघ
लेखनाथ नगरपालीका कार्यलयले आफ्नो १९ औ स्थापना दिवस त्रिदिवसीय कार्यक्रम गरेर मनाउँदै छ । त्रिदिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार लेखनाथको प्रस्तावित चिडियाखानाको भ्रमण र दोस्रो दिन विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम गरीएको छ । 
सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट कर्मचारीहरुमा कानुन अधिकृत राममणी अधिकारी, लेखा अधिकृत चन्द्रकान्त पौडेल र आलेप रविन्द्र अधिकारी रहेका छन् । 
त्यसै गरी पहिलो करदाता कृष्णकुमारी पौडेल, नियमित करदाता टाइगर माउण्टेन रिर्सोट र धेरै कर वुझाउनेमा गण्डकी मेडीकल कलेज रहेका छन् । सवोत्कृष्ट उपभोक्त समितीहरु वाट हर्कव श्रेष्ठ, मोहीनी प्रसाद अधिकारी र गणेशनाथ ढकाल रहेका छन् ।
नगरपालीकाका प्रमुख कार्यकारी अधिकृत लोक व भण्डारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख आतिथी कास्की जिल्ला प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नगरले गरेको काम उदाहरणीय भएको र महिला, वृद्ध मैत्रीका साथसाथै राजनीतीकर्मी मैत्री समेत रहेकोमा खुशी व्यक्त गर्नुभयो । सोही कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, महिलाहरुको तर्फवाट विष्णु तिवारी र राजतीक दल हरुको तर्फवाट नेकपा संयुक्तकी सरिता पौडेलले कार्यक्रमको शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य ई जगन्नाथ कोइरालाले राखेका थिए भने सञ्चालन कानुन अधिकृत राममणी अधिकारीले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .