BREAKING NEWS

Sunday, January 24, 2016

लेखनाथ महोत्सवको तयारी तिव्र

माघ १०, २०७२
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संंघ संस्थाको सहयोग र व्यवसायीक प्रतिष्ठानहरुको सहभागिता एवं रुपाकोट रिर्सोट प्रा.लि.को मूख्य प्रायोजनमा २०७२ फागुन ५ गते देखी १६ गते सम्म संचालन हुने लेखनाथ महोत्सव २०७२ संचालनका लागि कार्यसम्पादन समिति, उपसमिति, सल्लाहकार समिति र निर्देशक समिति गठन भएको छ ।

महोत्सवको मुख्य उदेश्य मुलुकका विभिन्न जिल्लाहरुमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रवद्र्धन साथै सोको पहिचान गर्ने, विभिन्न प्रविधिलाई थप टेवा पुर्याउने, कृषि जन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्ने, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा बिदेशी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषि जन्य, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने साथै आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने रहेको छ ।

महोत्सवका आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी, रहेका छन भने थप आकर्षणमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान,खाना महोत्सव, म्युजिक कन्सर्ट, दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सास्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, विभिन्न उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेने छन् ।

महोत्सवका लागि स्टल वुकिङ कार्य तिव्र्र गतिमा भईरहेको छ । आन्तरिक तयारी तिव्र्र गतिमा भईरहेको छ । लेखनाथ महोत्सव सफल पार्न संचार माध्यम, पत्रकार, नागरिक समाज, बुद्धिजिवि, उद्योगी व्यवसायी, राजनैतिक पार्टीहरु, शैक्षिक संघसंस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैह्र सरकारी सघ, संस्थाहरु, महिला समुह, युवा क्लव एवं स्थानिय सामाजिक संघ संस्था, कलाकार तथा कला संस्कृतिसंग सम्वन्धित संघ संस्था लगायत सम्पुर्ण महानुभावहरु तथा शुभेच्छुक सम्र्पुणमा विगतका महोत्सवमा पुर्याउनुभएको सहयोगका लागि हार्दिक धन्यवाद प्रकट गर्दै यस महोत्सवमा पनि विगतको जस्तै सहयोग गर्नका लागि मुल संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले आग्रह गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .