BREAKING NEWS

Sunday, January 10, 2016

नेपाली भाषा शिक्षक परिषदको अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल

लेखनाथ,२६पुस।
नेपाली भाषा शिक्षक परिषद कास्कीको सार्तौ बार्षिक साधारण सभा तथा चौथो अधिबेसन  सम्पन्न भएको छ।
अधिवेशनले पुन ः लोकचन्द्र खनाललाई आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा डोलराज अर्याल , सचिवमा डिल्लिराम अर्याल , कोषाध्यक्षमा विक्रम पौडेल  र सह सचिवमा सूर्यप्रसाद लम्साल सर्वसम्मत चयन भएका छन् । यसै गरी सदस्यहरुमा शिवहरी सुवेदी , टुवा देवी सुवेदी , शसिशिषिर ढुङ्गाना र रमेश न्यौपाने रहेका छन् । नव गठित कार्य समितिको पहिलो बैठकले थप २ सदस्य र सल्लाहकार समिति गठन गर्ने अध्यक्ष खनालले जानकारी दिएका छन् ।
 यस अधि कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रिय शिक्षा निर्देशक मित्रनाथ गर्तौलाले भाषिक उत्थानलाई अभियानका रुपमा लैजानु पर्नेमा जोड दिदै सृजनशिल विषयलाई परम्परागत रुपमा अगाडि बढाउन नहुने बताएका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रुपम बोल्दै त्रिभुबन विश्वविद्यालय नेपाली बिभागका केन्द्रिय बिभागाध्यक्ष डाक्टर रामनाथ ओझाले परिबर्तनलाई वित्रृmति भन्न नहुने भन्दै नेपाली भाषालाई चार नंम्वर प्रदेशको प्रान्तिय भाषा बनाउन परिषद सक्रिय रहनु पर्ने बताएका थिए। नेपाली भाषा शिक्षक परिषद कास्की जिल्लामा वि.सं. २०६६ साल देखि भाषिक उन्नयनमा  सक्रिय रहदै हालसम्म तनहुँ , श्याङ्जा र पर्वतमा शाखा विस्तार समेत गरिसकेको छ भने नेपाली भाषामा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान तथा शिक्षकहरुलाई पुनरताजगी तालीमहरु सन्चालन गर्दै आएको छ । परिषदमा हाल १५० बढी आजीवन सदस्यहरु रहेका छन् । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .